४ पुस २०८२, शुक्रबार | December 19, 2025

लियो क्लब अफ बुटवल सेन्ट्रलको २०२०/२१ को लागि निर्वाचन सम्पन्न



बुटवल । लियो क्लब अफ बुटवल सेन्ट्रलले अनलाईन बैठकबाट वर्ष २०२०/२१ को लागि नयाँ नेतृत्व चयन गरेको छ ।

कोरोना नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीको पुर्ण पालना गर्दै क्लबले आज निर्वाचन सम्पन्न गरेको छ ।
बर्ष २०१९/२० का प्रस्तावित अध्यक्ष अर्थात पहिलो उपाध्यक्ष चिरन अर्याललाई आज सम्पन्न निर्वाचनले अध्यक्षमा निर्वाचित गरेको छ ।

अर्याल रुपन्देहीका युवा व्यवसाय साथै विभिन्न अन्य सामाजिक संघसस्था चपरिचित व्यक्ति हुनुहुन्छ । साथै क्लबले प्रथम उपाध्यक्षमा हिमाल खनाल, सचिवमा विशाल पाण्डे, र कोषाध्यक्षमा कृष्ण प्रसाद घिमिरेलाई निर्वाचित गरेको छ । साथै क्लबले अन्य बाँकि रीक्तपदमा क्लबको पहिलो बैठकबाट क्लबको पदाधिकारीलाई पुर्णता दिने गरी बैठक सम्पन्न भएको वर्ष २०१९/२० का सचिव विकास टण्डनले जानकारी दिनुभयो ।

निर्वाचनमा लायन्स क्लबका २०१९/२० का अध्यक्ष लक्ष्मण पोख्रेल, लियो क्लबका चाटर्ड अध्यक्ष लक्ष्मण पन्थी, पुर्व अध्यक्ष विजय आचार्य, पुर्व अध्यक्ष सौरभ भुषाल, पुर्व अध्यक्ष प्रकास प्रोख्रल, निवर्तमान अध्यक्ष बुद्धि कुँवर लागाएतको उपस्थितिमा निर्वाचन सम्पन्न भएको अर्यालले बताउनुभयो ।

साथै बैठकमा निर्वाचित अर्यालले क्लबले अगाडि सारेका हरेक कार्यक्रमहरुलाई निरन्तरता दिदै क्लबलाई अझ शसक्त रुपमा अगाडि बढाउने बताउनुभएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ३ : १५ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज