२१ माघ २०८२, बुधबार | February 5, 2026

लियो क्लब अफ बुटवल सेन्ट्रलको २०२०/२१ को लागि निर्वाचन सम्पन्न



बुटवल । लियो क्लब अफ बुटवल सेन्ट्रलले अनलाईन बैठकबाट वर्ष २०२०/२१ को लागि नयाँ नेतृत्व चयन गरेको छ ।

कोरोना नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीको पुर्ण पालना गर्दै क्लबले आज निर्वाचन सम्पन्न गरेको छ ।
बर्ष २०१९/२० का प्रस्तावित अध्यक्ष अर्थात पहिलो उपाध्यक्ष चिरन अर्याललाई आज सम्पन्न निर्वाचनले अध्यक्षमा निर्वाचित गरेको छ ।

अर्याल रुपन्देहीका युवा व्यवसाय साथै विभिन्न अन्य सामाजिक संघसस्था चपरिचित व्यक्ति हुनुहुन्छ । साथै क्लबले प्रथम उपाध्यक्षमा हिमाल खनाल, सचिवमा विशाल पाण्डे, र कोषाध्यक्षमा कृष्ण प्रसाद घिमिरेलाई निर्वाचित गरेको छ । साथै क्लबले अन्य बाँकि रीक्तपदमा क्लबको पहिलो बैठकबाट क्लबको पदाधिकारीलाई पुर्णता दिने गरी बैठक सम्पन्न भएको वर्ष २०१९/२० का सचिव विकास टण्डनले जानकारी दिनुभयो ।

निर्वाचनमा लायन्स क्लबका २०१९/२० का अध्यक्ष लक्ष्मण पोख्रेल, लियो क्लबका चाटर्ड अध्यक्ष लक्ष्मण पन्थी, पुर्व अध्यक्ष विजय आचार्य, पुर्व अध्यक्ष सौरभ भुषाल, पुर्व अध्यक्ष प्रकास प्रोख्रल, निवर्तमान अध्यक्ष बुद्धि कुँवर लागाएतको उपस्थितिमा निर्वाचन सम्पन्न भएको अर्यालले बताउनुभयो ।

साथै बैठकमा निर्वाचित अर्यालले क्लबले अगाडि सारेका हरेक कार्यक्रमहरुलाई निरन्तरता दिदै क्लबलाई अझ शसक्त रुपमा अगाडि बढाउने बताउनुभएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ३ : १५ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता