१ पुस २०८२, मंगलबार | December 16, 2025

सुलभसंग अदालतले माग्यो २५ लाख धरौटी



काठमाडौँ – कोरोना भाइरस संक्रमणको महामारीका कारण बजारमा अत्याधिक माग भएको थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका चर्चित व्यवशायी सुलभ अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागिएको छ । काठमाडौँ जिल्ला अदालतले मुद्दाको सुनुवायी गर्दै अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागेको हो। न्यायाधिश ब्रजेश प्याकुरेलको एकल इजलासले थुनछेकको बहस पछि धरौटी माग गरेको हो । बुधबारदेखि बहस सुरु भएको थियो।

महानगरीय प्रहरी अपराध महाशाखाले अग्रवाललाई तीन साताअघि थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो। प्रहरीले स्टिङ अप्रेसनमार्फत अग्रवाललाई नियन्त्रणमा लिएको थियो।

४ देखि ५ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँसम्म लिएर अग्रवालले बिक्री गरेको महाशाखाको आरोप थियो। चीनबाट ल्याएको मेडिकल सामग्रीलाई अग्रवालले महँगो मुल्य लिएर बेचेको प्रहरीले आरोप लगाएको थियो।

व्यवशायी अग्रवाल जगदम्बा समूहका सदस्य हुन्। उनीविरुद्ध विभिन्न चार वटा कसुरमा मुद्धा लिएर जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको थियो। कालोबजारी सम्बन्धी मुद्धाको सुनुवाई जिल्ला प्रशासन कार्यालयले गर्ने भएपनि एक वर्षभन्दा बढी कैद मागदावी भएपछि अदालतको क्षेत्राधिकारमा पुगेको थियो।

अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक महावाणिज्यदूत पनि भएका कारण उनलाई सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेको अपराधको दफा पनि उनीविरुद्ध लागु गरिएको थियो।

प्रहरीले पक्राउ गरेलगत्तै परराष्ट्र मन्त्रालयले उनका सम्पुर्ण सेवा सुविधा फिर्ता गरेको थियो। उनले सरकारी सेवासुविधाबापत प्राप्त गर्ने निलो नम्बर प्लेटको गाडीमा थर्मल गन राखेर कालोबजारी गरेकै अवस्थामा प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ३ : ४५ बजे

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि