१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

नयां सिडीओ पुगेकै दिन बांके जिल्लामा निषेधाज्ञा, आदेश उल्लंघन गर्नेलाई नछाड्ने प्रशासनको चेतावनी



नेपालगन्ज । बाँकेमा नयां प्रमुख जिल्ला अधिकारी सुरुवा भएर पुगेसंगै सिङे जिल्लामा लागु हुने गरि निषेधआज्ञा जारी गरेकाछन् । स्याङ्जाबाट सुरुवा भएर आज मात्र बांके पुगेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरम्वाङले आफ्नो पहिलो निर्णय नै जिल्लालाई निषेधआज्ञा जारी गरेर कामकाज सुरु गरेकाछन् ।

स्थानीय प्रशासन फितलो भएका कारण बांकेमा लकडाउन कार्यान्वयन हुन नसकेको र कोरोनाको महामारी पनि समुदाय स्तरमा पुगेको गुनासो आईरहेका बेला जिल्ला प्रशासन कार्यालयले आज राति १० बजेदेखि लागुहुने गरि निषेधाज्ञा जारी गरेको हो । अर्को आदेश नहुँदासम्म जिल्लाभर निषेधाज्ञा जारी रहने बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताउनुभयो ।

बाँकेमा हालसम्म १ सय ७० जनामा कोरोना पुष्टि भएको र १ जना संक्रमितको मृत्यु समेत भइसकेको छ । सजकता अपनाउन, संक्रमणको बिस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रवर्द्धनात्मक कार्य गर्न निषेधाज्ञा जारी गरिएको प्रजिअ कुरुम्बाङले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले आज प्रकाशित सुचनामा नेपाल राजपत्रमा तोकिएका अत्यावश्यक सेवाहरु जस्तै भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र संचालन सम्बन्धि सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, संचार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी संचालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशप बाहेकमा निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ । सुचनामा स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐनका आधारमा निषेधाज्ञा जारी गरिएको उल्लेख गर्दै आदेश उल्लंघन गर्नेलाई कानुनी कारवाही गरिने लेखिएको छ ।

प्रशासनले यस अघि बांकेको नरैनापुरमा निषेधाज्ञा जारी गर्दै सेना परिचालन गरिसकेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ८ : ५५ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा