१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

स्याङ्जा पनि कोरोनाबाट मुक्त रहेन, ३ जनामा संक्रमण पुष्टी



पोखरा । अहिले सम्म ग्रीनजोनकारुपमा रहेको स्याङ्जा जिल्लामा पनि कोरोना संक्रमित पुष्टी भएको छ । बिहीबार बिहान पोखराको प्रदेश प्रयोगशालामा गरिएको स्वाव परीक्षणमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या नौ सय ८० पुगेको छ।

पोखरामा गरिएको स्वाब परीक्षणका क्रममा एक महिलासहित तीन जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

वालिङका २२ र २६ वर्षका दुई पुरुष तथा वालिङकै ३९ वर्षकी एक महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको छ। संक्रमण पुष्टि भएका तीनैजना गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा थिए।

उनीहरुलाई गाउँको क्वारेन्टाइनबाट सदरमुकामस्थित सरकारी अस्पतालमा ल्याउने तयारी भइरहेको निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ।
आजै प्रदेश २ मा ७६ जनामा कोरोना पुष्टि भएको थियो।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ११ : ०४ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा