४ पुस २०८२, शुक्रबार | December 20, 2025

भारतलाई नेपालको प्रष्ट सन्देश, – कालापानीबाट आफ्नो सेना तत्काल फिर्ता गर



काठमाडौं । संघीय संसदमा दर्ता भएको नेपालको अतिक्रमित भूमि समेटिएको नयाँ नक्शालाई वैधानिकता दिने संविधान संशोधन प्रस्ताव मंगलबार छलफलका लागि अघि नबढेपछि भारतमा हर्ष बढाईं भयो । ‘फेक न्यूज’को धन्धा चलाउने भारतीय मिडियाले विशेषगरी न्यूज टेलिभिजनहरुले नेपाल संविधान संशोधनबाट पछि हटेको, भारतको कुटनीतिक विजय प्राप्त भएको भन्दै रमित देखाए ।

तर, नेपालले भारतकै एक प्रष्तिष्ठित दैनिक पत्रिकामार्फत भारतीय सेनाले नेपालको अतिक्रमित भूमि फिर्ता गर्नुपर्ने अडान स्पष्ट पारेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीेले भारतीय दैनिक द हिन्दुका लागि कालोल भट्टाचार्यलाई दिएको अन्तवार्तामार्फत सुगौली सन्धीअनुसार नेपाली भूमिबाट भारतीय सुरक्षाफौज तत्काल फिर्ता हुनुपर्ने बताउनुभएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र भारतबीच बढेको सीमा समस्या समाधान गर्न त्यस क्षेत्रमा यथास्थितिको अवस्था सिर्जना गर्न भारतीय फौज कालापानी क्षेत्रबाट हट्नुपर्ने बताउनुभएको हो ।

भारतले सुगौली सन्धीको मूलस्प्रिटको अक्षरशः पालना र सम्मान गरोस भन्ने नेपालले चाहेको मन्त्री ज्ञवालीले बताउनुभएको छ । नेपाल भारतसँग सम्वादबाटै समस्याको समाधान होस भन्ने चाहेको भन्दै ज्ञवालीले नेपालको बारम्बारको वार्ता प्रस्तावलाई भारतीय पक्षले जवाफ नदिएको स्पष्ट पार्नुभएको छ । उहाँले नेपालले सो विषय टुंग्याउनका लागि सचिवस्तरीय बैठक गरौं भनी भनिरहँदा पनि त्यसो हुन नसकेको बताउनुभएको छ ।

सबैभन्दा उपयुक्त बाटो भनेकै भारतले कालापानीमा तैनाथ गरेका सुरक्षा फौज फिर्ता गर्ने र सो भूमि नेपाललाई फिर्ता गर्ने नै हो,’ ज्ञवालीले द हिन्दूलाई दिएको अन्तरवार्तामा भन्नुभएको छ, ‘हामीले त नेपालको भूमिमा सडक निर्माण जस्ता एकपक्षीय काम गरिनु हुँदैनथ्यो र यो कुरा संवादबाटै जतिसक्दो छिटो सुल्झाउनुपर्छ भनेर भनिरह्यौं।’

भारतले गत नोभेम्बरमा नयाँ नक्शा जारी गरेर नेपाललाई निराश बनाएको पनि परराष्ट्र मन्त्री ज्ञवालीले बताउनुभएको छ । नेपाल र भारतबीच गहन सम्बन्ध रहेको स्मरण गर्दै उहाँले नेपाल र भारतबीच सन् १९९७ देखि धानमन्त्री तहमा भएका समझदारीलाई तोडिएको गुनासो गर्नुभएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ११ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको