१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक शनिबार, संविधान संशोधन प्रस्तावबारे निर्णय गर्ने



काठमाडौं । संविधान संशोधनबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

शनिबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने काँग्रेसका मुख्य सचिव कृष्णप्रसदा पौडेलले जानकारी दिनुभएको छ ।

सरकारले संसदमा दर्ता गराएको नेपालको निशाना छाप परिवर्तनसम्बन्धी संविधान संशोधन प्रस्तावबारे काँग्रेस पदाधिकारी बैठकले केन्द्रीय कार्यसमितिबाट निर्णय गर्ने गरेको थियो ।

गत सोमबार प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वदलीय बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्तावका विषयमा पार्टीमा छलफल गर्नुपर्ने भन्दै केही समय माग्नुभएको थियो ।

सरकारले भारतबाट अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि त्यसअनुसार संविधानको अनुसूचि ३ मा रहेको निसान छाप परिर्वतन गर्न संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको छ ।

बुधबार संसद बैठकमा पेश गर्ने कार्यसूचि रहेपनि पेश गरिएको थिएन ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  १२ : १९ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा