४ पुस २०८२, शुक्रबार | December 19, 2025

गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागारबाट ७ जना कैदी रिहा



गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागारबाट ७ जना कैदी रिह

वीरगञ्ज । १३ औं गणतन्त्र दिवसको अवसरमा पर्सा जिल्ला कारागारबाट ७ जना कैदीबन्दी रिहा भएका छन् ।

यो संगै प्रदेश २ मा रिहा हुनेको संख्या १२ पुगेको छ । प्रदेश २ को सप्तरी कारागारबाट २ जना, सिराहा कारागारबाट १ जना र महोत्तरी कारागारबाट २ जना गरी जम्मा १२ जना कैदी गणतन्त्र दिवसको अवसरमा रिहा भएका हुन् ।

पर्सा कारागारबाट सवारी ज्यान मुद्वाका ३ जना, कर्तव्य ज्यान, दस्तखत किर्ते, बन पैदावार र अङ्गभङ्ग मुद्दामा एक-एक जना गरी सात जनाको रिहा गरिएको छ ।

मन्त्रिपरिषदले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने गरेको निर्णयपछि उनीहरुको रिहा गरिएको पर्सा कारागार प्रमुख श्रवण कुमार पोखरेलले बताउनुभयो ।

रिहा हुनेमा असल चाल चलन भएको, ५० प्रतिशत कैद भुक्तान भएको, मुद्दा अन्तिम भएको र सरकार प्रतिबन्ध लगाएका १९ प्रकारका मुद्दा बाहेकका कैदीहरुलाई रिहा गरिएको उहाले बताउनुभयो ।

रिहा भएका कैदीहरुलाई अबिर टिका लगाई विदाई गर्दै कारागार प्रमुखले समाजिक करणको प्रकृयामा सफलता मिलोस् र कुनैपनि अपराधिक गतिविधिमा संलग्न नहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो ।

लागु औषध, भ्रष्ट्रचार, मानव तस्कर, सर्वोसहित जन्मकैद र चेलीबेटि बेचविखन लगायत १९ प्रकारका गम्भिर मुद्धा हो । यी मुद्धामा ५० प्रतिशत कैद भुक्तान गरेपनि आम माफि पाउँदैन ।

हाल पर्सा जिल्ला कारागारमा ९१ जना महिला सहित १२७२ जना मध्ये कैदीबन्दीहरु विभिन्न मुद्धामा जेल सजाय काटि रहेका छन ।

यस कारागारबाट पुरुष कैदीहरुको सिफारिस गरिएपनि कानुन बमोजिम मापदण्ड पुरा नभएपछि महिलाहरुको आममाफीको लागि सिफारिस नगरिएको कारागार प्रमुख पोखरेलले बताउनुभयो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार देशभरीकै कारागारबाट २ सय ३३ कैदी रिहाको बाँकी कैद सजाय मिनाहा गर्नुभएको हो । त्यसमध्ये प्रदेश २ मा १२ जना कैदीहरुको सजाय मिनाहा गरिएको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  २ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको