६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

दुई दिनदेखि हराएका युवकको शव फेला



कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र बुढाको शव भेटिएको छ । उनको शव आज नरहरिनाथ-२ स्थित मजिउन खोला र बुक खोलाको बीचमा भेटिएको हो ।

उनी बिहीबार खाना खाएर घरबाट निस्किएका थिए । त्यसपछि सम्पर्क हुन नसकेको परिवार स्रोतले जनाएको छ ।

आज दिउँसो बालुवा लिन गएका स्थानीयले खोलाको बीचमा शव देखेपछि कुमाल गाउँ प्रहरी चौकीलाई खबर गरेका प्रहरी निरीक्षक गणेश ज्ञवालीले बताए । “उहाँको शव सडकबाट ५०० मिटर तल खोला नजिकै पाइएको हो । यसबारे घटनाको अनुसन्धान भइरहेको छ”, उनले भने ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ९ : ०८ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही