१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

राष्ट्रियताको मुद्दामा सस्तो टिप्पणी नगर्न सरकारलाई काँग्रेसको चेतावनी



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई राष्ट्रियताको मुद्दामा मनलाग्दी नगर्न चेतावनी दिएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई राष्ट्रियताको सवालमा परिपक्व र जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

शर्माले सीमासम्बन्धी विषयमा सत्तपक्ष राजनीतिक प्रोपोगान्डाको बाटोमा संलग्न भएको आरोप लगाउनुभयो ।

‘कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको भूगोल नेपालको भू–भाग हुन् अत: कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ र नेपालको निर्वाध हक ती भू–भागमा कायम हुनुपर्छ भनेर नेपाली कांग्रेसले विगतदेखि नै प्रस्ट धारणा राख्दै आएको छ । ती भू–भागलाई समेटेर सरकारले सार्वजनिक गरेको नक्साका पक्षमा नेपाली कांग्रेस रहेको जानकारी सर्वदलीय बैठक मार्फत दिइसकिएको छ,’ प्रवक्ता शर्माले भन्नुभयो ।

‘एकातर्फ नेपाली कांग्रेसले ‘समय मागेको’ झुटको अभिव्यक्ति र अर्कातर्फ कांग्रेसको अनुरोधमा संशोधन प्रस्तावलाई कार्यसूचीबाट हटाइएको गोयबल्स शैलीको प्रोपोगान्डाप्रति हाम्रो गम्भीर आपत्ति छ,’ शर्माले भन्नुभयो ।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको कमजोर तयारीका कारण कोरोना संक्रमण तीव्र रुपमा विस्तार भइरहेको आरोप लगाउनुभयो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ४ : ३४ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा