४ पुस २०८२, शुक्रबार | December 19, 2025

म्याग्दीमा कोरोनाको पहिलो केस, मालिका गाउँपालिकाका एक युवामा कोरोना पोजेटिभ



म्याग्दी । म्याग्दीमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेका छन् ।

गत जेठ ९ गते भारतबाट सुनौली नाका भएर आएका मालिका गाउँपालिकाका ३० बर्षिय युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा कोरोना पोजेटिभ पुष्टि भएसंगै उनलाई बेनी अस्पतालको आइसोलेशनमा ल्याईएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

बेनीको न्यु वेष्ट प्वाइन्ट क्वारेनटाइनमा रहँदै आएका संक्रमित युवालाई बेनी अस्पतालको आइसोलेसनमा सारिएको छ । उनको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।

म्याग्दीमा भारतबाट आएकाहरुलाई बेनीको वेष्ट प्वाइन्ट र म्याग्दी बहुमुखी क्याम्पसको क्वारेनटाइनमा राखिएको छ ।

उनीहरुमध्ये बुधवार १४ जना र विहिवार २९ जनाको स्वाब परिक्षणको लागि पठाईएको छ ।

कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शमाले जारी गरेको विज्ञप्ती अनुसार, म्याग्दीमा पहिलो संक्रमित पुष्टि भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्ंया १७ पुगेको छ ।

म्याग्दीमा भारतबाट आएका ८९ जना र दुई जना चालक सहित ९१ जनालाई क्वारेनटाइनमा राखिएको कोभिड १९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ९ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको