१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

रौतहतमा संक्रमित आइसोलेसन लैजान अवरोध, दर्जन बढी हवाई फायर



रौतहट । पश्चिम बांकेमा क्वारेन्टाईनबाट भगाउने र एम्बुलेन्स र सुरक्षाकर्मीलाई छेक्न रोक्न खोजेको घटना सेलाउन नपाउंदै पुर्व रौतहटमा पनि संक्रमितलाई आइसोलेसनमा लैजान रोक लगाउन खोजेकाछन् ।

संक्रमण पुष्टी भएकालाई आइसोलेसनमा लैजान खोज्दा स्थानीयले अवरोध गर्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा तनाव भएको छ । कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजानका लागि पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि त्यहां तनाव भएको हो । स्थानीयको अवरोध हटाउन प्रहरीले प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ ।

इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने क्रममा स्थानीयले अवरोध भएपछि शुक्रबार बिहान तनाव भएको हो ।

दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेपछि तनाव भएको प्रहरीले जनाएको छ ।

आक्रोसित स्थानीयले प्रहरीको गाडीमा तोडफोड गरेका छन् । प्रहरी र स्वास्थ्यकर्मीमाथि स्थानीयले आक्रमण गरेपछि जिल्ला प्रहरी कार्यालय, रौतहटले थप प्रहरी पठाएको थियो । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सहयोगका लागि थप प्रहरी घटनास्थल पुगेका थिए । प्रहरीले अवस्थालाई काबुमा राख्न झण्डै १ दर्जन हवाई फायर गरेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  १२ : ३५ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा