४ पुस २०८२, शुक्रबार | December 19, 2025

अलपत्र नेपालीलाई स्वदेश फर्काउन बजेट व्यवस्था गरेकोमा एनआरएनएबाट स्वागत



लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारले प्रस्तुत गरेको बजेटको स्वागत गरेको छ । बजेटमा एनआरएनएको उच्च मुल्यांकन गरिएको एनआरएनएले निष्कर्ष निकालेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले संसदको दुवै सदनमा बिहीबार आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्नुभएको थियो ।

सरकारले विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद गुमाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन बजेटको व्यवस्था गरेकोमा एनआरएनए अध्यक्ष कुमार पन्तले स्वागत गर्नुृभएको हो ।

अर्थमन्त्री खतिवडाले एनआरएनको ज्ञान, सीप, पुँजी र प्रविधिलाई राष्ट्र विकासमा उपयोग गरिने बजेट वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

विदेशमा जोखिममा रहेका नेपालीको संरक्षण र उद्दारमा एनआरएनको सहयोग लिइने बजेट वक्तव्यमा उल्लेख छ भने नेपालसँग नाता जोडिएका विदेशी नागरिक एनआरएनले नेपाल आउँदा अनलाइनमार्फत भिसा लिन पाउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ५ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको