४ पुस २०८२, शुक्रबार | December 19, 2025

विदेशबाट नेपाली फर्काउने सरकारको निर्णयको एनआरएनद्वारा स्वागत, सहजीकरण गर्ने



लण्डन । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघको प्रयास तथा नेपाल सरकारसंग संघले विभिन्न चरणमा गरेका वार्ता र छलफल पश्च्यात सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई स्वेदश ल्याउने निर्णयमा पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले जनाउनुभएको छ।

पन्तले सरकारको निर्णयको स्वागत गर्दे प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गरेका छन् । उनले अप्ठ्यारोमा परेका नेपालीहरुलाई सुरक्षीत रुपमा नेपाल फर्काउन गैरआवासीय नेपाली संघ सहजीकरणका लागि तत्पर रहेको बताउनुभयो।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शुक्रवार बसेको बैठकले दश दिनपछि दैनिक ३ हजारदेखि ३ हजार ५ सय सम्म नेपालीहरूलाई स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको थियो ।

उच्चस्तरिय समितिको निर्णयलाई बमोजिम मन्त्री परिषदले अनुमोदन गरे पछि उद्धारको कार्य सुरु हुने भएको छ ।

यसै बीच संघका अध्यक्ष कुमार पन्तले राष्ट्रिय समितिहरुलाई एक पत्र जारी गर्दै केहि दिन धैर्य गर्न आग्रह गर्नुभएको छ ।

उहाँले विदेशमा रहेका नेपालीहरु माझ कोरोना रोकथाम तथा राहत वितरण कार्यमा सहकार्य र सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा राष्ट्रहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयले तयार पारेको सूची अनुसार क्रमशः उनीहरुलाई स्वदेश फर्काउने कार्ययोजना छ र तेस्रो मुलुकबाट नागरिक ल्याउने काम एक सातापछि शुरु हुने अनुमान छ ।

नेपालमा भएका सबै सरकारी र निजी कम्पनीका जहाज उडाउने सरकारको तयारी रहेको छ । नेपाल फर्किन चाहनेहरूले जहाजको भाडा भने आफैं तिर्नुपर्नेछ । यसअघि एनआरएनए अमेरिका, युके, कतार, युएई लगायतका देशले नेपाल फर्किन चाहने नेपालीहरुको नाम संकलन गरेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ७ : ४६ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म