४ पुस २०८२, शुक्रबार | December 19, 2025

१ अवकास प्राप्त उपरथीसहित ८ अधिकृतमाथि सेनाबाट अनुशासनको कार्वाही



काठमाडौं । नेपाली सेनाको समरी जनरल सैनिक अदालतबाट सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा एक जना अवकाश प्राप्त पाइलट उपरथीलाई नसिहत तथा रकम असुल उपर सहित ८ जना सैनिक अधिकृतहरुलाई कारवाही गरेको छ । सैनीक अदालतले १ जना अधिकृत तथा ९ जना अन्य दर्जाहरुलाई भने सफाई दिएको छ ।

सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहँदा अनियमितता गरेको अभियोगमा पाइलट उपरथी सुधिर श्रेष्ठ (अवकाश प्राप्त) सहित १९ जना बिरुद्ध अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको मुद्दा चलाइएको थियो । नेपाली सेनाले सैनिक हवाई महानिर्देशनालयमा विभिन्न किसिमका कमि कमजोरी भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न रथीको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी बोर्डको गठन गरेको थियो । बोर्डको प्रतिबेदनको आधारमा सैनिक अदालतले फैसला गरेको नेपाली सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सैनिक अदालतले तत्कालिन सैनिक हवाई महानिर्देशक पाईलट उपरथी श्रेष्ठ महानिर्देशक रहेको अवधिमा ओहदा अनुसार दायित्व पुरा नगरेको भन्दै नगद ५८लाख ९५ हजार ५९०रुपैयाँ असुल गर्नुका साथै नसिहत दिने फैसला गरेको छ । अदालतले सोही मुद्धामा अन्य ८ जना अधिकृतहरुले आफूलाई प्राप्त जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन नगरेको ठहर गरि सचेत गराउने गरी फैसला गरेको सेनाको बिज्ञप्तिमा उल्लेख छ ।

१ जना अधिकृत र अन्यदर्जा ९ जनालाई भने सैनिक अदालतले सफाई दिने फैसला गरेको छ ।

विज्ञप्तिमा नेपाली सेनाले पद्दती र प्रणालीमा आधारित संगठन सन्चालनमा जोड दिंदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहीनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण विपरित कार्य गर्नेहरुलाई कारवाही गरिएको जनाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ९ : ५६ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा