४ पुस २०८२, शुक्रबार | December 19, 2025

बजेटमा एमसीसी भूत : विवाद बढेपछि नेकपा सचिवालय बैठक बस्दै



काठमाडौं । सरकारले चोरबाटोबाट एमसीसी परियोजना अघि बढाउन खोजेको भन्दै नेकपाभित्र पुनः विवाद सुरु भएको छ ।

बजेटमा केही परियोजनाहरुमा एमसीसी परियोजनाबाट प्राप्त हुने रकम उल्लेख गरिएपछि नेकपाभित्र तरङ्ग देखिएको हो । पार्टीको निर्देशन विपरित सरकारले एमसीसी अघि बढाउन खोजे बजेट नै फेल गराइदिने चेतावनी कतिपय नेताले सार्वजनिक रुपमा दिन थालेका छन् । बजेट फेल हुनुको अर्थ सरकार असफल हुनु हो ।

सरकारको नीति तथा कार्यक्रममा लप्सिफेदी, नुवाकोट रातामाटे दमौली बुटवल प्रसारण लाइन निर्माण गरिने भनेर उल्ले गरिएको थियो । यही प्रसारण लाइन निर्माणका लागि सिधै नभनिए पनि एमसिसी परियोजनाअन्तर्गत प्राप्त हुने पाँच अर्ब ७२ करोड रुपैयाँ वैदेशिक अनुदानको रुपमा बजेटमा समावेश गरिएको छ ।

नेकपाका वरिष्ठ नेत झलनाथ खनालले चोबाटोबाट ल्याइएको यस्तो बजेटलाई स्वीकार गर्न नसकिने बताउनुभएको । एमसीसी यथास्थितिमा अनुमोदन गर्न नसकिने खनालको अडान रहेको छ ।

बजेटलगत्तै पार्टीभित्र विवाद भुसको आगो जस्तै सकिल्न थालेपछि नेकपाले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको छलफल पछि आज बिहानका लागि बैठक बोलाइएको हो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ७ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको