४ पुस २०८२, शुक्रबार | December 20, 2025

संखुवासभामा पहिलोपटक २ जना पुरुषमा देखियो कोरोना पोजेटिभ



संखुवासभा । संखुवासभा जिल्लामा पहिलो पटक २ जना व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

भारतबाट आएका २ जनाको पिसिआर चेक गर्दा शनिबार पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय खाँदबारी प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार, गत बिहिबार भारतको सुनौली नाकाबाट ७ जनाको समुह संखुवासभा आएको र ति मध्ये खाँदबारी नगरपालिका–७ का २३ बर्षीय पुरुष र पाँचखपन नगरपालिका–१ का २२ बर्षीय पुरुषको शनिबार पिसिआर चेकजाँच गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।

संक्रमित दुबै जनालाई खाँदबारी नगरपालिका–९ तुम्लिङ्गटारमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । ति दुवै जनालाई आइसोलेसनका लागि धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संखुवासभामा रहेको १० वटा स्थानीय तहले १ सय ८२ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । हाल सम्म ३० जना महिला र १ सय ४ जना पुरुष संस्थागत क्वारेन्टाइन बसिरहेका छन् भने होम क्वारेन्टाइनमा ५ महिला र १४ पुरुष बसिरहेका छन् । हाल सम्म ४ महिला र २४ पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ३ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको