४ पुस २०८२, शुक्रबार | December 20, 2025

सीमाको क्वारेन्टाइनमा बसेकाहरुको तत्काल कोरोना परीक्षण गराउन प्रदेशससभा सदस्यहरुको माग



बुटवल । प्रदेश नं ५ का प्रदेश सभा सदस्यहरूले विदेशबाट आएर सीमामा क्वारेन्टाइनमा बसेकाहरूको तत्काल कोरोना परिक्षणको व्यवस्था मिलाउन माग गरेका छन् ।

शनिबार बसेको प्रदेश सभाको बैठकमा बोल्ने अधिकांस सभासदहरुले सीमामा क्वारेन्टाइनमा बसेका नेपालीको तत्काल परिक्षण गरी गन्तब्य पु¥याउन माग गरेका थिए । प्रदेश विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुदै प्रदेश सभा सदस्यहरूले उक्त माग गरेका हुन् ।

प्रदेश सभा सदस्यहरूले कोरोनाको बहानामा प्रदेशको राजधानी र नामाकरण गर्ने कार्यलाई पछाडि धकेल्न नहुनेमा समेत जोड दिए ।

प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल,चेतनारायण आचार्य,फकरूद्दिन खान,कल्पना पाण्डे लम्साल,सन्तोष पाण्डे,हरिप्रसाद रिजाल लगायतले भारतबाट नेपाल प्रवेश गरेका नेपालीहरु क्वारेन्टाइनमा बसेको लामो समय बितिसक्दा पनि कोरोना परिक्षण नभएको बताए । उनीहरुले क्वारेन्टाइनमै बस्नुपर्ने बाध्यता लम्ब्याउन नहुने भन्दै तत्काल परिक्षणको व्यवस्था मिलाउन प्रदेश सरकारसँग माग गरे ।

शनिबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरू भोज प्रसाद श्रेष्ठ,कमलराज श्रेष्ठ,कृष्णध्वज खड्का,दिपेन्द्र कुमार अधिकारी,खड्क बहादुर खत्री,इन्द्रजित थारू,निर्मला क्षेत्री,तारा जिसि लगायले प्रदेश विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुदै आगामि वजेट आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।

प्रदेश सभाको अर्को बैठक यही जेठ ३२ गते दिउँसो १ बजे बस्नेगरि स्थगित भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ७ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको