१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

संविधान संशोधन विधेयक संसदमा पेश, नेपालको नयाँ नक्शा संविधानमा समावेश हुँदै



काठमाडौं । संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश भएको छ ।

प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक-२०७७ बैठकमा विधेयक पेश गर्नुभएको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको अनुसूची ३ मा रहेको निशान छाममा राख्नुपर्ने भएपछि संविधान संशोधन गर्न संसदमा विधेयक पेश भएको हो ।

प्रतिनिधि सभाको बैठकमा संविधान संशोधन विधेयक पेश गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पास भएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेश गर्नुभएको हो । सांसदहरुले संविधान संशोधनको उक्त प्रस्तावमा कुनैपनि विरोधको सूचना राखेका थिएनन् ।

जेठ १४ गतेको संसदको बैठकको सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम समावेस गरिएको भएपनि अन्तिम समयमा कार्यसूचीबाट हटाइएको थियो ।

सरकारले काँग्रेसको निर्णय कुरेर बसेको थियो । गत बुधबार पेश गर्ने कार्यसूचि रहेपनि अन्तिम समयमा आएर विधेयक पेश हुनबाट रोकिएको थियो तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको शनिबार बसेको बैठकले विधेयकका पक्षमा मतदान गर्ने भएपछि सरकारले आज प्रतिनिधिसभाको बैठकमा विधेयक पेश गरिएको हो ।

संविधान संशोधन भएपछि नयाँ नक्शाले औपचारिक रुपमा मान्यता पाउनेछ भने सरकारले संयुक्त राष्ट्र संघ लगायत सबै विदेशी नियोगहरुमा समेत नयाँ नक्शा बुझाउने छ । भारतसँग सीमाको विषयमा वार्ता हुँदा अब नेपालले नयाँ नक्शा अनुसार नै आफ्नो अडान प्रस्तुत गर्नेछ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ११ : ३७ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा