४ पुस २०८२, शुक्रबार | December 19, 2025

बजेटको कार्यान्वयनले समाजबादको आधार तय गर्नेछ : महासचिव पौडेल



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले शिक्षा,स्वास्थ्य र कृषिको विकासमा केन्द्रित बजेटको कार्यन्वयनले समाजवादको आधार तय गर्ने बताउनु भएको छ।

प्रतिनिधिसभामा आज बजेटमाथि छलफलमा भाग लिदै महासचिव पौडेलले कोभिड १९ महामारी नियन्त्रण मुख्य अभिभारा भए पनि महामारी सकिएको भोलिपल्ट केही पनि गर्न नसक्ने अवस्थामा देश पुग्न नहुने बताउनुभयो ।

उहांले अबको कार्यभार महामारी नियन्त्रणमा केन्द्रित हुँदै आर्थिक गतिविधि र उत्पादनलाई निरन्तरता दिनु रहेको बताउनु भयो ।

कोरोनाले उत्पन्न समस्यालाई बजेटले प्राथमिकता दिएको बताउंदै उहांले आर्थिक गतिविधि र उत्पादन बृद्धिमा निरन्तरा दिएनौं भने कोरोना सकिएको भोलिपल्ट केही गर्न नसक्ने अवस्थामा पुग्ने चेतावनी समेत दिनुभयो ।

महासचिव पौडेलले बजेटले लकडाउनका कारण धाराशायी भएका उद्योगधन्दा तथा व्यवसायहरुलाई ५ प्रतिशत सहुलियत कर्जा तथा १ खर्बको पुनर्कर्जा राहत दिएको दाबी गर्नुभयो । १२ लाख प्रत्यक्ष तथा परोक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य महत्वपूर्ण भएको पौडेलको भनाई छ ।

उहांले स्रोत व्यवस्थापनको दृष्टिले बजेट यथार्थपरक रहेको भन्दै सरकार लोकल्याणकारी राज्यको अवधारणबाट पछि नहटेको समेत जिकीर गर्नुभयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ६ : २१ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज