१३ फाल्गुन २०८२, बुधबार | February 26, 2026

पाल्पामा पनि कोरोना संक्रमितको प्रवेश, ३ जनामा कोरोना पुष्टी



तानसेन । प्रदेश नम्बर ५ को पाल्पामा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश स्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको नमुना परीक्षणमा ३ जनामा कोरोना पोजिटिभ रिपोर्ट आएको हो ।

पाल्पामा तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्लाको माथागढी गाउँपालिकाको क्वारेन्टिनमा बसेका १८ वर्षीय पुरुष र रैनादेवी छहराको क्वारेन्टिनमा बसेका ३८ र ४० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पोजिटिभ स्वास्थ्य कार्यालय पाल्पाले पुष्टी गरेको छ ।

उनीहरु एक साता अघि भारतबाट आएर तानसेनको बतासेडाँडाको होल्डिङ क्वारेन्टिनमा बसेका स्थानीय तहको क्वारेन्टाईनमा पठाईएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । माथागढीका संक्रमितको बतासेमै स्वाब लिएर पठाएको र रैनादेवी छहराका दुई जनाको भने गाउँमै स्वाब लिइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो ।

आइतबार बेलुकी प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाद्धारा जारी रिपोर्टमा उल्लेख गरेको प्रमुख न्यौपानेले बताउनुभयो ।

माथागढीका युवालाई सोमबार र रैनादेवीछहरामा देखिएकालाई आइतबार राती या सोमबार बिहान सम्म आइसोलेशन कक्षमा ल्याइने तयारी भएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो ।

पाल्पाबाट प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको २७१ जनाको परीक्षणमा २५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ११ जनाको रिपोर्ट आउन बाकी रहेको छ ।

पाल्पामा पछिल्लो एक सातामा मात्रै भारतका विभिन्न स्थानबाट १ हजार ३ सयबढी जिल्लामा भित्रिएका छन । उनीहरुमध्य केहीको पिसिआर परीक्षण गरिएको भएपनि हाल किटको अभावले स्थानीय तहका क्वारेन्टाईनमा राखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ८ : ४४ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला