४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्रपति भण्डारीबाट कृषि क्षेत्रको श्रमलाई उच्च सम्मान व्यक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिक्षेत्रको श्रमलाई उच्च सम्मान व्यक्त गर्नुभएको छ ।  अन्तराष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले औपचारिक र अनौपचारिक सबै श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन आग्रह गर्नुभएको छ ।

भण्डारीले अन्तराष्ट्रिय श्रमिक दिवसले विश्वभरिका श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने अपेक्षा लिएको बताउनुभएको छ । ‘आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने अपेक्षा मैले लिएको छु ।’

भण्डारीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षा लगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, ‘यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै सम्पूर्ण श्रमजीवीको श्रम अधिकार सुनिश्चितताका लागि शुभकामना व्यक्त गर्दछु ।’

सन्देशमा उहाँले मुलुकमा पूर्णलोकतान्त्रिक शासन प्रणालीसहित गणतन्त्र स्थापनामा नेपाली श्रमिक वर्गले पु¥याएको अमूल्य योगदानको स्मरण गर्दै उच्च सम्मान समेत गर्नुभएको छ । भण्डारीले भन्नुभएको छ, ‘नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक सुनिश्चित गर्दैै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको छ ।’

‘मुलुकमा न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा यसबाट श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास मैले लिएको छु’, सन्देशमा भनिएको छ, ‘प्राकृतिक स्रोत तथा सम्पदामा सम्पन्न हाम्रो मुलुकमा विकासको ठूलो संभावना भएकाले यसलाई साकार तुल्याउन श्रमको व्यापक आवश्यकता पर्दछ, यसका लागि सबैले श्रम गर्ने अवसरसहित सामाजिक आर्थिक समुन्नति हासिल गर्न सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने तर्फ सम्बद्ध सबैको ध्यान आकृष्ट गराउन चाहन्छु ।’

यस्तै भण्डारीले कोरोना भाइरसको विश्वव्यापी महामारीले विश्वलाई नै आक्रान्त पारेको र सामान्य जनजीवन र अर्थतन्त्रमा प्रतिकूलता ल्याएको भन्दै सरकारका आगामी नीति तथा कार्यक्रम अघि बढ्ने र यसबाट श्रमिकहरूको जीवन पनि सामान्य अवस्थामा फर्किने आशा लिनुभएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ७ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको