४ पुस २०८२, शुक्रबार | December 19, 2025

लकडाउनकै बीच चोरबाटो रुपन्देही आएका थिए कोरोना पोजिटिभ युवा



बुटवल । शुक्रबार कोरोना भाइरसबाट संक्रमित भएका रुपन्देहीका एक युवा लकडाउनकै बीच चोरबाटोबाट नेपाल प्रवेश गरेको थाहा भएको छ ।

भारतको दिल्लीमा बस्दै आएका २५ वर्षीय युवा गत बैशाख ५ गते लकडाउनकै बीच चोर बाटोबाट आएका थिए । कोटहीमाई गाउँपालिका निवासी ती युवा ठोठरी नाकाबाट नेपाल आएको थाहाहुने वित्तिकै कोटहीमाईस्थित माझगावा आदर्श माविको क्वारेन्टाइन राखिएको थियो । भाइलाई लिन गएका उनका दाईलाई पनि क्वारेन्टाइनमा राखिएको छ । तर, उनको सम्पर्कमा अन्य को को व्यक्ति आएका थिए भन्ने कुराको ट्रेसिङ बल्ल सुरु भएको छ ।

क्वारेन्टाइनमा बसेकै अवस्थामा युवाको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट उनीमा कोरोना पुष्टी भएको हो ।

बैशाख १७ गते स्वाबको नमुना टेकु प्रयोगशाला पठाइएको थियो । ती युवाको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनको बुटवल स्थित धागो काराखानाको अस्थायी कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ५ : ०९ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज