९ चैत्र २०८२, सोमबार | March 23, 2026

लकडाउनकै बीच चोरबाटो रुपन्देही आएका थिए कोरोना पोजिटिभ युवा



बुटवल । शुक्रबार कोरोना भाइरसबाट संक्रमित भएका रुपन्देहीका एक युवा लकडाउनकै बीच चोरबाटोबाट नेपाल प्रवेश गरेको थाहा भएको छ ।

भारतको दिल्लीमा बस्दै आएका २५ वर्षीय युवा गत बैशाख ५ गते लकडाउनकै बीच चोर बाटोबाट आएका थिए । कोटहीमाई गाउँपालिका निवासी ती युवा ठोठरी नाकाबाट नेपाल आएको थाहाहुने वित्तिकै कोटहीमाईस्थित माझगावा आदर्श माविको क्वारेन्टाइन राखिएको थियो । भाइलाई लिन गएका उनका दाईलाई पनि क्वारेन्टाइनमा राखिएको छ । तर, उनको सम्पर्कमा अन्य को को व्यक्ति आएका थिए भन्ने कुराको ट्रेसिङ बल्ल सुरु भएको छ ।

क्वारेन्टाइनमा बसेकै अवस्थामा युवाको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट उनीमा कोरोना पुष्टी भएको हो ।

बैशाख १७ गते स्वाबको नमुना टेकु प्रयोगशाला पठाइएको थियो । ती युवाको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनको बुटवल स्थित धागो काराखानाको अस्थायी कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ५ : ०९ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा