९ चैत्र २०८२, सोमबार | March 23, 2026

थपियो २ साता भारतमा लकडाउन, आप्रावासी मजदुरलाई रेलमार्गबाट गन्तब्य पठाईने



बुटवल । कोरोना भाइरसको संक्रमित बढ्ने क्रम नरोकिएपछि भारतमा लकडाउनको अवधि दुई साता थप गरिएको छ।

यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएकोमा अवधि सकिनु अघि नै लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएको द हिन्दुस्तान टाइम्सले जनाएको छ।

भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन सुरु गरिएको थियो । भारत सरकारले लकडाउन घोषणा गरेपनि भारतमा कोरोनाभाइरस संक्रमितको संख्या भने दिनदिनै बढिरहेको छ।

शुक्रबारसम्म त्यहाँ ३५ हजार बढी मानिसलाई संक्रमण पुष्टि भएको छ भने १ हजार १ सय ५४ जनाको ज्यान गएको छ । त्‍यस्तै संक्रमण पुष्टि भएकामध्‍ये ९ हजार ६८ जना निको भएका छन् ।

अचानक लकडाउन घोषणा गरेपछि भारतका विभिन्न सडकमा आप्रवासी मजदुरहरु अहिले पनि अड्किएका छन्। तिमध्ये कतिपय सयौं किलोमिटर हिँडेर घर फर्किएका छन् भने केहीलाई प्रदेश सरकारहरुले गाडी पठाएर घर ल्याएका छन्।

थपिएको लकडाउनको अवधिमा भारतका विभिन्न ठाउँलाई संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र ओरेन्ज जोनमा छुट्याइनेछ। ग्रीन जोनमा परेका ठाउँमा क्रमिक रुपमा लकडाउनलाई खुकुलो बनाइँदै लगिनेछ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा दुई हजार नयाँ कोरोना संक्रमित थपिएको छ भने ७३ जनाको मृत्यु भएको छ ।

भारतमा सबैभन्दा बढी संक्रमण महाराष्ट्र, गुजरात र दिल्लीमा देखिएको छ । शुक्रबार नै भारतको स्वास्थ्य मन्त्रालयले भारतका ७३३ जिल्लालाई रेड, ओरेन्ज र ग्रीन क्षेत्रमा वर्गीकरणसमेत गरेको छ । संक्रमण उच्च भएका १३० जिल्लालाई रेड, संक्रमण सीमित भएको र पछिल्ला दिनमा वृद्धि नदेखिएका २८४ लाई ओरेन्ज र पछिल्लो २१ दिनमा एउटा पनि संक्रमणको केस नदेखिएका जिल्लालाई ग्रीन क्षेत्र निर्धारण गरिएको छ । राजधानी दिल्लीका सबै ११ जिल्लालाई रातो क्षेत्र अर्थात् उच्च जोखिम वर्गीकरण गरिएको छ ।

लकडाउनकै बिच विभिन्न ठाउँमा अलपत्र परेकाहरुलाई गन्तव्यमा पुऱ्याउनका लागि रेल सेवासमेत सुरु गरिने भारतीय सञ्चामाध्यमहरुले जनाएका छन् । भारतीय स१ञ्चार माध्यमका अनुसार भारत सरकारले विभिन्न राज्यमा अलपत्र परेका आप्रवासी कामदारी, तीर्थयात्री, विद्यार्थी र पर्यटकहरुलाई लक्षित गर्दै विशेष रेल ‘श्रमिक ट्रेन’ सञ्चालन गर्ने छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १० : १९ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा