४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २३९,५८६ पुग्यो



काठमाडौ । कोरोना भाइरसको संक्रमणले विश्वर मृत्यु हुनेको संख्या २ लाख ३९ हजार ५ सय ८६ पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर ३४ लाख ६ सय ७ संक्रमित भएका छन् ।

संक्रमितमध्ये १० लाख ८० हजार बढी निको भएका छन् । कोरोनाले अमेरिकामा ६५ हजार ७६६ को मृत्यु भएको छ भने, इटालीमा हालसम्म २८ हजार २३६ जनाकोे मृत्यु भएको छ ।

त्यसैगरी स्पेनमा कोरोनाले हालसम्म २४ हजार ८२४ जनाले ज्यान गुमाएका छन् । बेलायतमा कोरोनाले २७ हजार ५१० को मृत्यु भएको छ ।

त्यस्तै, फ्रान्समा कोरोनाले २४ हजार ५९४ को ज्यान गएको छ । छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २२३ पुगेको छ ।

अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार २५७ पुगेको छ ।

महामारी फैलिएको करिब ४ महिना पुग्नै लाग्दा समेत औषधि तथा खोपको विकास हुन नसक्दा संसारका कयौँ मुलुकहरु लकडाउनको अवस्थामा छन् भने मृतक र संक्रमितको संख्या दिनानुदिन बढ्दो छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ७ : ४५ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म