९ चैत्र २०८२, सोमबार | March 23, 2026

दुध बिक्न छाडेपछि दुधजन्य पदार्थ उत्पादनमा कृषकहरु



बुटवल । कोरोना भाईरस संक्रमण रोक्न भन्दै लकडाउन लम्बिदै जांदा किसानहरुको समस्या पनि चुलिंदै गएका छन । लकडाउनका कारण दुध बिक्रि नभएपछि धेरै जिल्लाका किसानहरुले दुध बाटोमा पोख्ने वा निशुल्क बितरण गर्ने गरिरहेको समेत पाईएको छ । तर रुपन्देहीका किसानले भने बजारमा दुधको माग कम भएसंगै दुधबाट अन्य परिकार बनाउन थालेका छन् ।

लक डाउनका कारण बजार बन्द हुदा दुध खपत घटेको छ । सबै भन्दा बढी दुध खपत गर्ने होटलहरु बन्द भएपछि ब्यवसायीक दुधको कारोबार गर्ने किसानहरुको ब्यवसाय थप्प छ । रुपन्देहीका केहि दुघ्द उत्पादक किसानहरुले भने बजारमा दुध खपत नहुदा बिकल्पका रुपमा दुध जन्यपदार्थ बनाउन लागेका छन । दैनिक लाखौ लिटर उत्पादन हुने रुपन्देही जिल्लामा दुधको खपत कमभएसंग किसानहरु दुधका परिकार उत्पादन शुरु गरेका हुन् ।

एक्कासी आएको समस्याका कारण दुधजन्यपदार्थ उत्पादन शुरु गरिहाले पनि उनीहरुसंग आधुनिक प्रविधि नभएकाले बिभिन्न समस्यामा झेल्नु परिरहेको किसानहरु सुनाउंछन् । दैनिक ५ सय लिटर उत्पादन हुँदै आएको सैनामैना १, काशीपुरमा रहेको शुभ सम्वृद्घि युनाईटेड एग्रो फार्मले अहिले घ्यु र छुर्पी उत्पादन शुरु गरेको छ । गाई, भैसिको खर्च बढिरहेको र दुध बजारमा खपत नहुदा त्यसको विकल्पका रुपमा परिकार बनाउन शुरु गरेको शुभ समृद्धि युनाइटेड एग्रो फार्मका संचालक बिक्रम कुबर बताउनुहुन्छ । दुध नबिकेपछि उत्पादन भएका घ्यु, छुर्पी समेत सहज बेच्न नसक्दा उनीहरुको समस्या थपिएको छ ।

दैनिक २० हजार घाटा रहेको भन्दै दुध परिकारले विकल्प त दिएको छ तर आधुनिक प्रविधि नहुदा उत्पादनबाट फाईदा लिन कठिनाई रहेको उहांले बताउनुभयो । फर्मले करीब ५ बिगाहा क्षेत्रफलमा २ सय गाई भैंसी पालेको छ । ती चौपायालाई दाना र १३ जना कर्मचारीहरुको दैनिक खर्च ४० हजार हुने गरेको फर्मका अध्यक्ष मेघराज पन्थले बताउनुभयो ।
१५ करोड लागतमा संचालन भएको फर्मको ७ करोड ऋण रहेको बताउदै उहाले यो समयमा सरकारले कृषकहरुको पिडा बुझि बैंकलाई तिर्नुपर्ने व्याज मिनाह गर्न आग्रह गर्नुभयो ।

रुपन्देही दुधमा आत्मनिर्भर जिल्लामा पर्दछ । ५९ हजार सात सय ७८ दुहुना गाईभैसीबाट दैनिक एक सय ३७ मेट्रिक टन बढी दुध जिल्लमा उत्पादन हुने गरेको छ । लकडाउन पछि बाहिरी जिल्लाहरुमा पनि दुध जाँदैन र जिल्ला पनि खपत कम छ । तर रुपन्देहीका पशु पालकहरुले दुध खेर फालेका छैनन् । यस्तो संकटको बेला दुध खेर फाल्नु समस्या समाधानको बिकल्प होइन । दुध बिकेन भन्दै सडकमा दुध पोख्ने किसानहरुले रुपन्देहीका किसानले जस्तै दुधका परिकारहरु बनाउनेतिर ध्यान दिने की ?

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ८ : ३३ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा