९ चैत्र २०८२, सोमबार | March 23, 2026

उत्तर कोरियाली नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक



काठमाडौं । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया)का सर्वोच्च नेता किम जोङ्ग उन लामो संशयका बीच सार्वजनिक भएका छन् ।

नेता किम २० दिन पछि मे १ दिवसको अवसरमा रासायनिक मल कारखानामा आयोजित कार्यक्रममा सहभागी भएको फोटो उत्तर कोरियाको संचार संस्था केसीएनएले सार्वजनिक गरेको छ ।

सार्वजनिक कार्यक्रममा सहभागीहरुले ताली बजार स्वागत गरेको देखिन्छ । नेता किम आफ्नी बहिनी किम यो जोङ्ग र सरकारका वरिष्ठ अधिकारीहरुसँगै कार्यक्रममा सहभागी थिए ।

नेता किमको स्वास्थ्यलाई लिएर पश्चिमा संचार माध्यमहरुले अनेक अड्कलवाजी गरेका थिए । किमको मृत्यु समेत भैसकेको समाचारहरु सार्वजनिक भएका थिए । किम सार्वजनिक भएसँगै उत्तर कोरियाका बारेमा पश्चिमा देश र संचार माध्यमहरुले लेख्ने स्क्रिप्ट एकपटक फेरि मिथ्या सावित भएको छ ।

अप्रिल १२ पछि किम कतै पनि सार्वजनिक कार्यक्रममा नदेखिएपछि उनी गम्भीर बिरामी भएको, मुटुको अपरेशनपछि मृत्यु भएका जस्ता अड्कलबाजीसहित समाचारहरु सार्वजनिक भएका थिए । जासुसी सूचनाको आधार भन्दै अमेरिकी अधिकारीहरुले त किम कोमामा गैसकेको दाबी गरेका थिए । पश्चिमा संचार माध्यमहरुले किम पछि उत्तरकोरियाको नेतृत्वका बारेमा स्वघोषित विश्लेषण प्रवाह गरिसकेका थिए ।

तर, दक्षिण कोरियाले भने किम जोङ्ग उन गम्भीर रुपमा बिरामी भएको कुरा सत्य नभएको बताउँदै आएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ९ : ०५ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा