९ चैत्र २०८२, सोमबार | March 23, 2026

लकडाउनले समस्यामा परेका उद्योग प्रतिष्ठानलाई बजेटमा सम्बोधन गर : उपाध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लकडाउनका कारण समस्यामा परेका उद्योगहरुलाई बुस्टअप गर्नेगरी बजेट ल्याउनुपर्ने बताउनुभएको छ ।

उपाध्यक्ष ढकालले मध्यकालिन र दीर्घकालिन योजनासहित उद्योग प्रतिष्ठानहरुलाई बुस्टअप गर्ने व्यवस्था बजेटमार्फत आउनुपर्ने बताउनुभएको हो ।

ढकालले कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि लकडाउन गरिएपछि उद्योग प्रतिष्ठानहरु बन्द रहेको र बेरोजगारीको समस्या देखिएको भन्दै बजेट मार्फत नै संरक्षण गरिनुपर्ने बताउनुभयो । यस्तै सरकारको राजस्व आम्दानी बढाउन पनि उद्योग प्रतिस्ठानहरुलाई जोगाउनु अपरिहार्य रहेको उपाध्यक्ष ढकालले बताउनुभयो । ढकालले उद्योग व्यवसायको संरक्षणका लागि उद्योग वाणिज्य महासंघ सहितका व्यसायिक संगठनहरुले सरकारलाई सुझाव दिइसकेकोले सोही अनुसार नै बजेटले सम्बोधन गर्ने अपेक्षा समेत गर्नुभएको छ ।

देश भित्र बढ्ने बेरोजगारी र वैदेशिक रोजगारीबाट फर्केर आउनेहरुको संख्या ठूलो हुने भएकोले उनीहरुको व्यवस्थापनका लागि पनि बजेटको प्रकृति फरक हुनुपर्ने उपाध्यक्ष ढकालले बताउनुभयो । उहाँले उद्योग प्रतिस्ठानहरुले रोजगारी सिर्जना गर्न सक्ने, उत्पादन बढाउने तथा सरकारको आम्दानी बढ्ने किसिमबाट बजेट आउनुपर्ने बताउनुभयो । रेमिट्यान्स आप्रवाहमा हुने कमिबाट अर्थतन्त्रमा पर्ने असरलाई पनि बजेटले सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ५ : ०४ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा