९ चैत्र २०८२, सोमबार | March 23, 2026

कोहलपुरमा सेनाको गाडी र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, एक जना घाइते



नेपालगन्ज । कोहलपुरमा नेपाली सेनाको गाडिले मोटर साइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भिर घाईते भएका छन् ।

कोहलपुरको ए.न टि.भी रोडमा नेपाली सेनाको बा २ झ ६३४१ नंको गाडिको ठक्कर बाट भे ४ प ७६२० न को मोटर साईकलमा सवार कोहलपुर २ का किरण भुषालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएकोे छ ।

उक्त मोटर साईकलमा सवार बार बर्दिया ४ कि प्रतिक्षा भुषाल गम्भीर घाईते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

नेपालगंजबाट कोहलपुर तर्फ आई रहेको सेनाको गाडिले एन टि भि चोकमा मोटर साईकल लाई ठक्कर दिएको थियो । ठक्कर पछि सेनाको गडि सडक छेउमा रहेको डिभाईडरमा ठोक्किएको स्थानिय प्रत्यक्षदर्शीले जनाएका छन ।

ठक्कर दिने नेपाली सेनाको गाडिलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ६ : ३९ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा