४ पुस २०८२, शुक्रबार | December 19, 2025

उत्तर कोरिया र दक्षिण कोरियाली सैनिकबीच गोली हानाहान



लामो समयदेखि शान्त रहेको उत्तर कोरिया र दक्षिण कोरिया सीमामा आइतबार अचनाक गोलाबारी भएको छ ।
उत्तर कोरिया र दक्षिण कोरियाका सेनाबीच दुई कोरिया छुट्याउने असैनिक क्षेत्रमा गोली हानाहान भएको हो।

उत्तर कोरियाले सुरुमा गोली हान्न सुरु गरेको र जवाफी फायरिङ आफुहरुले गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ । घटनाको स्वतन्त्र पुष्टि भने भएको छैन ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जङ उन २० दिनपछि सार्वजनिक भएको २४ घण्टा नपुग्दै दुई कोरिया सेनाबीच गोलाीबारी भएको छ । दक्षिण कोरियाले सैन्य हटलाइनमार्फत उत्तरसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको जोइन्ट चिफ अफ स्टाफ (जेसीएफ) ले जनाएको छ।

घटनामा दुबै पक्षतर्फ कुनै हताहती वा क्षति नभएको बीबीसीले जनाएको छ।

सन् २०१८ मा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच पानमुङजोङ असैनिक क्षेत्रमा शिखर सम्मेलन भएको थियो ।

कुनै समय यौटै मुलुक रहेका उत्तर र दक्षिण कोरियाबीच सन् १९५० को दशकमा भीषण लडाईं भएको थियो । दक्षिण कोरियामा रहेका हजारौं अमेरिकी सैनिक कोरियाली प्रायद्वीपबाट हटाउनुपर्ने उत्तर कोरियाले माग गर्दै आएको छ । उत्तर कोरियाले आणविक हतियार नष्ट गर्नुपर्ने दक्षिण कोरिया र अमेरिकाको माग रहँदै आएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १२ : ५३ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज