९ चैत्र २०८२, सोमबार | March 23, 2026

संक्रमित बढ्दै गएपछि बांकेको कोरोना अस्पताल रहेको खजुरा गांउपालिका सिल



खजुरा । एकै दिनमा १५ जना कोरोना संक्रमितको उपचारका लागि बांकेको खजुरा स्थित सुशिल काईराला क्यान्सर अस्पतालको आईसोलेसन सेण्टरमा लगिएपछि खजुरा गांउपालिकाले थप सतर्कता अपनाएको छ ।

३ दिन अगाडीका संक्रमित १ जना र आईतबार १५ जना संक्रमित पुष्टी भएसंगै उनीहरुले खजुरा स्थित आईसोलेसन अस्पतालमा लगिएको छ । संक्रमितको संख्या बढेसंगै खजुरा गांउपालिकाले सोमबार बिहान ६ बजे देखि लागु हुने गरि पालिका स्तरमा सिल गर्ने निर्णय गरेको छ । संक्रमित थपिएसंगै उनीहरुलाई भेट्न आउने तथा अन्य गतिबिधीबाट जोखिम बढ्न सक्ने भन्दै पालिका सिल गरिएको खजुरा गांउ पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताउनु भयो ।

अस्पतालमा आज थपिएका सहित १६ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जन स्वास्थ्य कार्यालय बांकेका कारोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो । पहिलो संक्रमितको एकाघरको परिवारका २ जना सहित ३५ जनाको अझै रिपोर्ट आएको छैन । आज सांझ सम्म ५५ जनाको रिपोर्ट आएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १० : ३६ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी