९ चैत्र २०८२, सोमबार | March 23, 2026

जापानमा ७ जना नेपालीमा कोरोना संक्रमणको पुष्टि, सचेत रहन दुतावासको आग्रह



टोकियो । पछिल्लो समय जापानको खानागावा प्रिफेक्चरमा एक जना र टोकियोमा २ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएसंगै जापानमा कोरोना संक्रमित नेपाली ७ जना पुगेको छ ।

खानागावाको योकोकामामा एक नेपाली महिला र टोकियोमा एक पुरुष र एक महिला २ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको नेपाली दुतावास जापानले जानकरी दिएको छ । यो सँगै जापानमा कोभिड १९ भाइरसबाट संक्रमित हुने नेपालीको संख्या ७ पुगेको हो । यसअघि संक्रमण पाईएका अर्याल थरका पुरुषको श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको हो । टोकियो र कानागावामा दुई जोडी श्रीमानश्रीमतीलाई कोरोना संक्रमित भएको छ ।

अस्पतालले मे १ तारिख शुक्रबार साँझ आफुलाई कोरोना संक्रमण पोजेटिभ भएको बताएको छ । कानागावाको कोरोना संक्रमित महिलाको हाल स्वास्थ्य अवस्था सामान्य रहेको एनआरएनए अध्यक्ष देबिलाल भण्डारीले जानकारी दिनुभयो भने उहाँको श्रीमानलाई एक साताअघि कोरोना भाइरस पुष्टि भएको थियो ।श्रीमान् श्रीमती र छोरासँगै बस्दै आएको अर्याल परिवारमा छोरामा भने हालसम्म संक्रमणको कुनैपनि लक्षण नदेखिएको परिवारका सदस्यहरुले बताएका छन् ।

राजधानी टोकियोकोस्थित इकेबुकुरोको एक रेष्टुरेण्टमा कार्यरत २ जना कोरोना संक्रमण पुष्टि भएको नेपालीको स्वास्थ्य अवस्था पनी सामान्य रहेको बताईएको छ । उनीहरुलाई हस्पिटलले कोरोना पोजिटिभ रिपोर्ट दिई हाल उपचाररत छन् ।

एक जना युवतीले कोरोनालाई जितेर स्वास्थ्य लाभ लिई घर फर्किईसकेकी छन् भने एक नेपाली मूलकी भारतीय महिलाको पनी कोरोना संक्रमणबाट निधन भएको छ ।

जापानमा नेपाली समुदायमा कोरोना भाइरस संक्रमण बढनेक्रम भएकोले समाधानी अपनाएर सचेत रहन र समस्या परे नेपाली दूतावासमा सम्पर्क गर्न राजदूत प्रतिभा राणाले अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ८ : ५६ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी