९ चैत्र २०८२, सोमबार | March 23, 2026

एन्फा डे : छैन कुनै औपचारिक कार्यक्रम



काठमाडौं । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)को स्थापना दिवस । स्थापना दिवस भए पनि एन्फाले कुनै औपचारिक कार्यक्रम नगर्ने भएको छ ।

कोरोना भाईरसको संक्रमण फैलन नदिन लकडाउनको अवस्थामा रहेको यो विशेष अवस्थामा कुनै औपचारिक कार्यक्रम आयोजना नगरिएको एन्फाले जनाएको छ ।

अवस्था सामान्य बनेपछि स्थापना दिवसलाई स्मरण गरेर कार्यक्रम आयोजना गरिने एन्फाले जनाएको छ ।

एन्फाले गत बर्षदेखि मात्रै बैशाख २२ गते एन्फा दिवस मनाउन सुरु गरेको थियो । एन्फाको वर्तमान कार्यसमिति सोही दिन निर्वाचित भएको थियो ।

स्थापना दिवसका अवसरमा एन्फाले गतवर्ष फुटबल क्षेत्रमा लागेर योगदान गरेका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो । यस बर्ष पनि विभिन्न विधाका खेलाडी तथा फुटबलसम्वद्ध व्यक्तित्वलाई सम्मान गर्ने एन्फाको योजना थियो ।

एन्फाले कोरोना संक्रमण सामान्य बनेपछि हाल स्थगित फुटबल कार्यक्रमहरु नयाँ तालिकाका साथ पुरा गर्ने जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १२ : ३४ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी