४ पुस २०८२, शुक्रबार | December 20, 2025

एन्फा डे : छैन कुनै औपचारिक कार्यक्रम



काठमाडौं । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)को स्थापना दिवस । स्थापना दिवस भए पनि एन्फाले कुनै औपचारिक कार्यक्रम नगर्ने भएको छ ।

कोरोना भाईरसको संक्रमण फैलन नदिन लकडाउनको अवस्थामा रहेको यो विशेष अवस्थामा कुनै औपचारिक कार्यक्रम आयोजना नगरिएको एन्फाले जनाएको छ ।

अवस्था सामान्य बनेपछि स्थापना दिवसलाई स्मरण गरेर कार्यक्रम आयोजना गरिने एन्फाले जनाएको छ ।

एन्फाले गत बर्षदेखि मात्रै बैशाख २२ गते एन्फा दिवस मनाउन सुरु गरेको थियो । एन्फाको वर्तमान कार्यसमिति सोही दिन निर्वाचित भएको थियो ।

स्थापना दिवसका अवसरमा एन्फाले गतवर्ष फुटबल क्षेत्रमा लागेर योगदान गरेका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो । यस बर्ष पनि विभिन्न विधाका खेलाडी तथा फुटबलसम्वद्ध व्यक्तित्वलाई सम्मान गर्ने एन्फाको योजना थियो ।

एन्फाले कोरोना संक्रमण सामान्य बनेपछि हाल स्थगित फुटबल कार्यक्रमहरु नयाँ तालिकाका साथ पुरा गर्ने जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १२ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको