४ पुस २०८२, शुक्रबार | December 19, 2025

दिनदिनै वर्षा : प्रि-मनसुनको सुरुवात



काठमाडौं । मौसम बदली हुँदा सोमबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ ।

पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभावका कारण वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ । अहिले देशभरी नै मौसम बदली भएको छ ।

महाशाखाका अनुसार देशभर सामान्य देखि पुर्ण बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षा भइरहेको छ । यस वर्ष वैशाख लागेदेखि नै मौसममा बदली आइरहेको र प्रिमन्सुन सुरु भएकाले वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले अवको तीन दिन सम्म समान्य देखि पूर्ण बदलि हुने र मेघ गर्जन सहित वर्षा हुने बताएको छ । सोमबार दिनभर काठमाडौं उपत्यका सहित देशका अधिकांश भू–भागमा समान्य देखि पूर्ण बदली हुने छ भने केही स्थानमा मेघगर्जन सहित चट्याङ पर्ने र असिना र हावाहुरी सहित वर्षा हुने छ ।

यस्तै, मंगलबार पनि पश्चिमी भू–भागाका धेरै स्थानहरु र मध्य तथा पूर्वका केही स्थानहरुमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै २४ गते बुधबार पनि देशभर आंशिक देखि सामान्य बदली रहने र पहाडी क्षेत्र, पूर्वी र मध्य तराईका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको अनुमान पनि महाशाखाले गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १२ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको