९ चैत्र २०८२, सोमबार | March 23, 2026

भारतको औद्योगिक उत्पादनमा व्यापक गिरावट



एजेन्सी । कोरोनाभाइरस रोकथामका लागि मुलुकलाई लकडाउन गरिएका कारण भारतमा गत अप्रिल महिनामा समग्र औद्योगिक उत्पादनमा भारी गिरावट आएको छ । लकडाउनका कारण भारतका अधिकांश उद्योग प्रतिष्ठानहरु बन्द गरिएपछि यस्तो अवस्था सिर्जना भएको हो ।

मागमा व्यापक कमी आएपछि नयाँ व्यवसायहरु यस अवधिमा शुरु हुन पाएका छैनन् भने हाल सञ्चालनमा रहेका उद्योग व्यवसायबाट पनि व्यापक मात्रामा कर्मचारी कटौती गरिएका छन् ।

यहीबीच, उत्पादित वस्तुको मागलाई यथावत राख्न उद्योग प्रतिष्ठानहरुले लागत खर्च र उत्पादित सामग्रीको मूल्यमा पनि निकै कमी ल्याएका छन् ।

मार्च महिनामा ५१।८ विन्दुमा रहेको आइएचएस मार्किट इन्डिया म्यानुफ्याक्चरिङ पिएमआई अप्रिल महिनामा झण्डै आधाले घटेर २७।४ विन्दुमा झरेको छ । भारतमा मासिक पिएमआई गणना विगत १५ वर्षदेखिको तथ्याँक विश्लेषणका आधारमा हुने गरेको छ ।

पिएमआई गणनामा समाविष्ट विज्ञहरुको समूहले कलकारखानाहरु अस्थायी रुपमा बन्द गरिएका कारण उत्पादनमै कमी आएको बताएको छ ।

कलकारखाना र व्यवसायहरु सबैजसो बन्द गरिएका कारण अप्रिल महिनामा मागमा नराम्रो असर परेको हो । विगत अढाई वर्षयता पहिलोपटक नयाँ मागमा गिरावट आएको छ । भारतीय औद्योगिक सर्भेमै पहिलो पटक सबैभन्दा तिब्र गतिमा मागमा कमी आएको हो ।

अप्रिल महिनामा अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि मागमा व्यापक कमी आएको छ । सन् २०१७ यता विदेश निर्यातमा पहिलोपटक सबैभन्दा कमजोर स्थिति देखिएको छ । मागमा कमी आएसँगै अप्रिलमा व्यापक कर्मचारी कटौती भएको छ ।

भारतीय आइएचएस पिएमआई भारतीय औद्योगिक क्षेत्रको सूचना विश्लेषण गर्ने प्रमुख सूचक हो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ३ : ०४ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी