२१ भदौ २०८३, आइतबार | September 6, 2026

कर्णालीमा स्याउको बीमा गर्ने बढे



जुम्ला । जुम्ला, मुगु र कालिकोटमा लागू भएको स्याउ बीमा कार्यक्रम प्रभावकारी बनेपछि बीमा गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

कर्णालीमा केही वर्षयता स्याउको बिरुवालगायत निर्जीवन बीमाप्रति आकर्षण बढ्दै गएको हो । थोरै लगानीमा धेरै रकम प्राप्त हुने भएपछि बीमाप्रतिको आकर्षण बढ्दो छ ।

कर्णालीका स्याउ फल्ने तीन जिल्लामा स्याउका बिरुवाको बीमा गर्ने सरकारी कार्यक्रम चलेको छ । यो वर्षको सिजनका लागि जुम्लमा ९०० किसानले ५० हजार स्याउका बिरुवाको बीमा गरेका छन् ।

त्यस्तै मुगुमा ३०० किसानले १९ हजार स्याउका बिरुवा र कालिकोटमा ३०० किसानले २६ हजार स्याउका बिरुवाको बीमा गरेका छन् ।

जुम्लामा सबैभन्दा बढी स्याउको बीमा गरिएको शिखर इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक ऋषिराम पाण्डेले कर्णाली क्षेत्रमै सबैभन्दा धेरै जुम्लामा ५० हजार स्याउको बिरुवाको बीमा गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एक जना किसानले एक बिरुवादेखि ७०० बिरुवासम्मको बीमा गरेका छन् । निर्जीवन बीमा कार्यक्रममा सरकारले ७५ प्रतिशत र बिमितले २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ ।”

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ११ : २० बजे

परेवाभिरमा सडक मर्मत नसकिएपछि मलेखु-काठमाडौं सडक बन्द

काठमाडौं । मलेखु-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरमा सडक मर्मत

पहिरोले रोल्पाको सहिदमार्ग अवरुद्ध

रोल्पा । गएराती परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा । बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

हालान्डको गोलमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रा

भोटेकोशी बाढी : ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा भदौ १० गते आएको विनासकारी