९ कार्तिक २०८३, सोमबार | October 26, 2026

एनपीएलमा साविक विजेता लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले शानदार सुरुवात गरेको छ। सोमबार त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो।

सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४० रन बनाए। उनले १८ बलमा चार चौका र तीन छक्का प्रहार गरे।

त्यस्तै, आसिफ शेखले ३२ रनको योगदान दिए। सुदूरपश्चिमका अनिल खरेलको बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट हुनुअघि आसिफले टोलीलाई जितको नजिक पुर्‍याएका थिए। आसिफ यसै सिजन जनकपुरबाट रिलिज भएपछि लुम्बिनीमा अनुबन्ध भएका हुन्। पहिलो संस्करणमा जनकपुरले उनलाई मार्की खेलाडीका रूपमा टोलीमा भित्र्याएको थियो।

लुम्बिनीका निरोशन डिकवेला सात रनमा बोल्ड भए। शामिम हुसेन एक र कप्तान रोहित पौडेल पाँच रनमा अविजित रहे।

बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७।२ ओभरमा ८७ रनमै अलआउट भएको थियो। उसका ब्याटरले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन्। दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए भने सैफ जैबले १३ रन जोडे। अनिल खरेल १५ रनमा अविजित रहे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका किशोर महतोले चार विकेट लिए। शेर मल्लले तीन विकेट हात पारे। त्यस्तै, शेड्ली भान शाल्कविक, तिलक भण्डारी र कप्तान रोहित पौडेलले एक–एक विकेट लिए।

यस जितसँगै लुम्बिनीले प्रतियोगितामा आफ्नो उपाधि रक्षा अभियानमा सुखद सुरुवात गरेको छ। गत संस्करणको फाइनलमा लुम्बिनी विजेता र सुदूरपश्चिम उपविजेता बनेका थिए। उद्घाटन खेलमै लुम्बिनीले सहज जित निकाल्दा सुदूरपश्चिमले भने निराशाजनक सुरुवात गरेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ७ : ५३ बजे

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

नेपालगन्ज । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप प्रतियोगिता हुने

एनपीएलमा साविक विजेता लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता

पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना

गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा

प्रधानमन्त्री शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन, पहिलो खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको