३ पुस २०८२, बिहिबार | December 19, 2025

नेपालगञ्जमा थप एक जना नयाँ कोरोना संक्रमित भेटिए, कोरोना संक्रमितको संख्या १०२ पुग्यो



काठमाडौ । नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । नेपालगञ्जमा थप एक जना नयाँ कोरोना संक्रमित भेटिएका पछि कोरोना संक्रमितको संख्या १०२ पुगेको हो ।

यो सँगै नेपालमगञ्जमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । भेरी प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गर्दा १ जनामा संक्रमण पोजेटिभ देखिएको हो । १६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

नेपालगञ्जमा भेटिएका संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पहिले देखिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप संक्रमित फेला परेको बताउनुभयो ।

नेपालमा भेटिएका १०२ संक्रमित मध्ये ३० जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । तर, डिस्चार्ज भएका ३० जनामध्ये ३ जनामा पुन स् संक्रमण देखिएको छ ।

 

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ४ : ४४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको