१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आफ्नै भूमिमा भारतको २२ किलोमिटर सडक, दिल्लीको ट्वीटपछि मात्र काठमाडौं तरङ्गित



भारतले नेपाली भूमिमा २२ किलोमिटर लामो सडक बनाएर लिपुलेकसम्म पुर्याएको छ । दार्चुलाको व्यास गाउँपालिका–१ को गुन्जीदेखि लिपुलेकसम्म करिब २२ किलोमिटर लामो सडक भारतले निर्माण गरेको छ ।

नेपाली सीमाभित्र सडक कहिलेदेखि बन्न थाल्यो भन्ने बारेमा न त व्यासका बासिन्दालाई थाहा छ, न त नेपाल सरकारलाई नै । नेपाल–भारत–चीनको त्रिदेशीय सीमामा सरकारका कुनै पनि निकायको उपस्थिति नहुँदा भारतलाई नेपाली भूमि अतिक्रमण गर्न सजिलो भएको छ । सरकारले चासो नदिएकै कारण भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको दार्चुलाका स्थानीय जनताले गुनासो गरेका छन् ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले गत शुक्रबार ट्वीटरमा सडक उद्घाटन गरेको ट्वीट गरेपछि मात्र काठमाडौंबाट प्रतिक्रिया आउन थालेको हो । आफ्ना सुरक्षा निकाय, गुप्तचर संयन्त्र र अन्य सरकारी निकायबाट कुनै जानकारी प्राप्त गर्न नसकेको सरकारले भारतीयहरुबाटै तावाघाट–लिपुलेक–मानसरोवर सडक उद्घाटन गरेको समाचार सार्वजनिक गरेपछि मात्र औपचारिक प्रतिक्रिया जनाएको छ ।

सन् २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भारत र चीनबीच भएको सम्झौतामा लिपुभञ्जयाङ नाकालाई व्यवसायिक धार्मिक नाकाको रुपमा विकास गर्ने जनाइएको छ । भारतले सोही सम्झौता पछि पहिलेदेखि रहँदै आएको गोरेटो नाकालाई व्यवसायिक बनाउन सुरु गरेको हो । नेपालले समयमै भारत र चीनसँग गम्भीर आपत्ति प्रकट गर्दै आफ्नो राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न उचित पहल गर्न नसक्दा भारतका लागि सजिलो वातावरण मात्र बनेको हो ।

सन् १९६२ को भारत–चीन युद्धपछि पञ्चायतकालदेखि दार्चुलाको व्यास क्षेत्रमा भारतले अतिक्रमण गर्दै आएको थियो । त्यसैको परिणाम अहिले हामीले देखिरहेका छौं । नेपालबाट हामी केवल कागजी प्रतिक्रियामा मात्र व्यक्त गर्न बाध्य बनेका छौं ।



प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ७ : ३७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा