१० चैत्र २०८२, मंगलबार | March 24, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख ८० हजार ४ सय ३१ पुग्यो



काठमाडौ । विश्वभर कोरोनाका कारण अहिलेसम्म २ लाख ८० हजार ४ सय ३१ जनाको मृत्यु भएको छ ।

दुई सय १२ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ४१ लाख ७ सय २६ जनामा कोरोना सक्रमित पुष्टि भएकोमा १४ लाख ४१ हजार ४ सय ७५ जना निको भएका हुन् ।

त्यस्तै उपचार गराइरहेका २३ लाख ६० हजारभन्दा धेरैमध्ये दुई प्रतिशतको अवस्था जटिल र बाँकीको अवस्था सामान्य छ । कोरोना सङ्क्रमणबाट सबैभन्दा प्रभावित भएको देश अमेरिका हो, त्यहाँ सङ्क्रमित र ज्यान गुमाउने दुवैको सङ्ख्या धेरै छ । अमेरिकामा अहिलेसम्म १३ लाख ४७ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा साढे ८० हजारभन्दा धेरैको ज्यान गएको छ ।

रुसमा आज मात्रै १० हजार आठ सय १७ जनामा कोरोना पुष्टि भएको छ भने एक सय चार जनाको ज्यान गएको छ । योसँगै रुसमा ज्यान गुमाउनेको सङ्ख्या १८ सय २७ पुगेको छ । त्यस्तै एक लाख ९८ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै भारतमा ६२ हजार ८ सय भन्दा धेरैमा कोरोना पुष्टि भएकोमा २ हजार १ सय भन्दा धेरैको ज्यान गएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ७ : ४० बजे

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

विश्व क्षयरोग दिवस : जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय