४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख ८० हजार ४ सय ३१ पुग्यो



काठमाडौ । विश्वभर कोरोनाका कारण अहिलेसम्म २ लाख ८० हजार ४ सय ३१ जनाको मृत्यु भएको छ ।

दुई सय १२ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ४१ लाख ७ सय २६ जनामा कोरोना सक्रमित पुष्टि भएकोमा १४ लाख ४१ हजार ४ सय ७५ जना निको भएका हुन् ।

त्यस्तै उपचार गराइरहेका २३ लाख ६० हजारभन्दा धेरैमध्ये दुई प्रतिशतको अवस्था जटिल र बाँकीको अवस्था सामान्य छ । कोरोना सङ्क्रमणबाट सबैभन्दा प्रभावित भएको देश अमेरिका हो, त्यहाँ सङ्क्रमित र ज्यान गुमाउने दुवैको सङ्ख्या धेरै छ । अमेरिकामा अहिलेसम्म १३ लाख ४७ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा साढे ८० हजारभन्दा धेरैको ज्यान गएको छ ।

रुसमा आज मात्रै १० हजार आठ सय १७ जनामा कोरोना पुष्टि भएको छ भने एक सय चार जनाको ज्यान गएको छ । योसँगै रुसमा ज्यान गुमाउनेको सङ्ख्या १८ सय २७ पुगेको छ । त्यस्तै एक लाख ९८ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै भारतमा ६२ हजार ८ सय भन्दा धेरैमा कोरोना पुष्टि भएकोमा २ हजार १ सय भन्दा धेरैको ज्यान गएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ७ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको