१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नेपाली भूमिमा भारतको १९ किलोमिटर सडक : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं । भारतले नेपाली भूमिा १९ किलोमिटर सडक बनाएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भारतले दार्चुलाको लिपुलेक हुँदै बनाएको सनिर्माणका लागि १९ किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको जानकारी दिनुभएको हो ।

यो सडक भारतले मानसरोवर जोड्ने लक्ष्यका साथ बनाएको हो । तर परराष्ट्रमन्त्रीले जम्मा १९ किलोमिटर सडक नेपाली भूमिमा रहेको जानकारी दिए पनि दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने नेपाली भूमिमा भारतको २० देखि २२ किलोमिटर सडक रहेको बताउनुभएको छ ।

मन्त्री ज्ञवालीले भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेकोबारे विस्तृत जानकारी दिल्लीस्थित नेपाली दूतावासबाट मगाइसकेको बताउनुभयो ।

भारतले लिपुलेक हुँदै तिब्बत जोड्ने सडकको अवधारणा सन् १९९९ मा विकास गरेको पनि जानकारी दिँदै ज्ञवालीले सन् २०१४ मा नरेन्द्र मोदी सरकारको नेतृत्वमा आएपछि भारतले सडक निर्माणमा तीव्रता दिएको बताउनुभयो ।

भारत सरकारले सन् २००५ मा स्वीकृत गरेको सो सडकमार्गको निर्माण कार्य सन् २००८ मा सुरु गरेको थियो ।

मन्त्री ज्ञवालीले नेपाल–भारत सीमाको वैज्ञानिक आधार सन् १८१६ को सुगौली सन्धि भएको स्पष्ट पार्दै विवादित विषय सुगौली सन्धिअनुसार नै समाधान हुनुपर्छ भन्नेमा नेपाल अडिग रहेको दोहो-याउनुभयो ।

सीमा विवाद कूटनीतिक तहबाटै समस्या समाधान उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : ५४ बजे

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

विश्व क्षयरोग दिवस : जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय