१० चैत्र २०८२, मंगलबार | March 24, 2026

कोभिड १९ को माहामारीबाट जोगिंदै लामखुट्टेको बसस्थान खोज्दै



बुटवल । गर्मियाम सुरु भएसंगै बुटवल र यस आसपासमा लामखुट्टेको टोकाई बढेपछि कोरोना भाइरस [कोभिड–१९] को महामारीसंगै डेंगू रोगका विरुद्ध पनि अभियान सुरु भएको छ ।

बुटवल उपमहानगरपालिकाले नगरका १९ वटै वडाहरुमा स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरुलाई डेंगू रोगको महामारीका विरुद्ध सावधानी र पूर्वतयारीमा केन्द्रित हुन भनेको छ ।
कोराना महामारीसंगै डेंगूको महामारीको जोखिम समेत बढेको भन्दै समुदाय स्तरमा सुरक्षित तरिकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्न स्वास्थ्यकर्मिहरुलाई निर्देशन दिएको हो ।

उपमहानगरपालिकाका अनुसार महामारीका बेलामा राहत वितरण र सचेतनाका अभियानमा खटिएकाहरुलाई नै अब डेंगू रोगका बारेमा पनि सचेत गराउने कार्यमा लगाईने छ ।

उपमहानगरले स्थानीय विपद् व्यवस्थापन समिति र त्यसमातहका समुदाय स्तरका संयन्त्रलाई महामारीबाट जोगिने उपाय अबलम्बन गर्न तथा डेंगू रोगका विरुद्धको अभियानमा पनि सामेल गराउने तयारी भएको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

महामारीका असर, प्रभाव र त्यसबाट जोगिने उपायका बारेमा सचेतनाका काम भइरहेकाले अब त्यसैमार्फत डेंगू रोगका विरुद्ध पनि विशेष अभियान चलाईने प्रमुख सुबेदीले बताउनु भयो ।

सुबेदीका अनुसार डेंगु अभियान अन्तर्गत लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्नका लागि ‘खोज तथा नष्ट गर’ कार्यक्रम सञ्चालन गरिने छ । यसखालका लामखुट्टेको बासस्थान रहेका क्षेत्रको पहिचानका लागि स्वास्थ्य क्षेत्रका प्राविधिकलाई खटाउने र त्यसैका आधारमा खोज र नष्ट गर अभियान चलाइने प्रमुख सुवेदीको भनाइ छ ।

डेंगु रोग नियन्त्रण र रोकथामका लागि समुदायस्तरमा सचेतना जगाउन विभिन्न संयन्त्रलाई परिचालन गरिने बताउँदै प्रमुख सुवेदीले महिला स्वास्थ्य स्वयमसेविका, टोलविकास संस्था, राजनीतिक दल, नागरिक अगुवा तथा आमसञ्चारकर्मीको सहकार्यमा नै अभियान प्रभावकारी बनाइने बताउनुभयो ।

बुटवलमा रहेको १९ वटा वडा मध्ये डेंगू रोग लगाउन सक्ने लामखुट्टेको उपयुक्त बासस्थान रहेका क्षेत्रको खोजी गरेर त्यहीँबाट लार्भा नष्ट गर्ने अभियान सञ्चालनको तयारी भइरहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।

जोखिमका क्षेत्र निर्धारण र डेंगू सार्ने लामखुट्टेको बासस्थान रहेका क्षेत्रको पहिचान तथा जनवास्थ्यका सेवालाई प्रभावकारी बनाउनका लागि उपमहानगरका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंह नेतृत्वको स्वस्थ्यकर्मी तथा प्राविधिकको टोलीलाई निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  २ : ३० बजे

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

विश्व क्षयरोग दिवस : जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय