१० चैत्र २०८२, मंगलबार | March 24, 2026

भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा झडप



बेलाबेलामा सीमा क्षेत्रमा सैनिकहरुबीच तनावपूर्ण सम्बन्ध झेल्दै आएका भारत र चीनबीच फेरि तनाव बल्झिएको छ ।

भारत र चीनका सैनिकहरुबीच भारतको पूर्वोत्तर प्रदेश सिक्किमको नाथुला बोर्डर क्षेत्रमा शनिबार झडप भएको छ ।झडपमा दुवैतर्फका ११ सैनिक घाइते भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

समाचारमा बताइएअनुसार दुवै पक्षको बीचमा विवाद बढ्दै गएपछि झडप भएको थियो । जसमा जसमा चार भारतीय र सात चिनियाँ सैनिक घाइते भएका छन् । तर, दुवै देशका सैन्य कमाण्डरहरुको सुझवुझपछि विवाद समाधान भएको थियो । यो विवादमा एक सय ५० सैनिक सामेल भएका थिए । लामो समयको विवादपछि दुवैतर्फका सेनाहरू आफ्नो पोस्टमा फर्किएका थिए ।

सीमा क्षेत्रमा दुई देशका सैनिकहरुबीच तनाब भए पनि त्यो तनाबमा हतियार भने प्रयोग हुँदैन । एक अर्काले धकेला धकेल र मुक्काबाजी चल्ने गर्छ । भारत र चीनको सीमाक्षेत्रमा बेलाबेलामा तनाव हुने गरेको छ ।

सन् २०१७ मा भारतले तिब्बत भुटान सीमा क्षेत्रको दोक्लाममा आफ्ना सेना पठाएपछि चीन र भारतबीच ७२ दिनसम्म कुटनीतिक र सैन्य तनाब उत्पन्न भएको थियो ।

भारतले आफ्नो सीमा भित्र सेना पठाएको भन्दै चीनले भारतीय सेना फिर्ता नभए सैन्य आक्रमणसम्मको चेतावनी नै दिएको थियो । भारतले पूर्वोत्तर भारतको सिलगुढी क्षेत्रस्थित चिकन नेक जोगाउने नाममा भुटानको सीमा हुँदै चिनिया सीमाभित्र सेना पठाएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  २ : ०७ बजे

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

विश्व क्षयरोग दिवस : जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय