१० चैत्र २०८२, मंगलबार | March 24, 2026

चीनको वुहानमा एक महिनापछि फेरि कोभिड–१९ को सङ्क्रमण



विश्वव्यापी महामारीको रूप लिन पुगेको कोरोनाभाइरस (कोभिड–१९) को उद्गमस्थल मानिएको चीनको वुहानमा एक महिनापछि फेरि पहिलो सङ्क्रमित व्यक्ति भेटिएका छन् । उनी शनिबार अस्पतालमा पुगेका बताइएको छ ।

वुहानमा मे ३ तारिखपछि शनिबारसम्म नयाँ सङ्क्रमित देखिएका थिएनन् । विश्वमै पहिलो कोरोना भाइरस सङ्क्रमितका रुपमा गत डिसेम्बरमा वुहानमा विरामीहरू भेटिएका थिए ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबार चीनभर १४ जना नयाँ सङ्क्रमित भेटिएका छन् । चीनमा अप्रिल २८ तारिखयता एकै दिन सबैभन्दा बढी संक्रमण पुष्टि भएको हो ।

चीनमा शुक्रबार एक जना मात्र नयाँ संक्रमित भेटिएका थिए । शनिबार सङ्क्रमण पुष्टि भएकामध्ये चीनको जिलिन प्रान्तस्थित सुलान शहरका ११ जना छन् ।

आयोगले सुलान शहरमा बुधबार सङ्क्रमण पुष्टि भएकी एक महिलाबाट ती व्यक्तिहरुमा सङ्क्रमण फैलिएको जनाएको छ । सङ्क्रमित सबैमा कोरोना भाइरस सङ्क्रमणका कुनै लक्षण नदेखिएको आयोगले बताएको छ ।

चीनमा आइतबारसम्म ८२ हजार ९०१ जना सङ्क्रमित भएका छन् । तीमध्ये चार हजार ६३३ जनाको ज्यान गएको छ भने ७८ हजार १२० व्यक्ति उपचारपछि घर फर्किएका छन् । चीनमा छिटपुट घटनाबाहेक सङ्क्रमितको सङ्ख्यामा नियन्त्रण देखिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ९ : ४५ बजे

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित