४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख ८३ हजार ८ सय ५२ पुग्यो



काठमाडौ । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ८३ हजार ८ सय ५२ पुगेको छ ।
कोरोना संक्रमितको संख्या झन्डै ४२ पुगेको छ ।

ओल्र्डमिटरका अनुसार आज बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कुल ४१ लाख ८० हजार १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमितको संख्या अमेरिकामा सवैभन्दा धेरै रहेको छ । अमेरिकामा १३ लाख ७६ हजार ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, स्पेनमा २ लाख ६४ हजार ३ सय ५०, बेलायतमा २ लाख १९ हजार ४ सय ४९, इटालीमा २ लाख १९ हजार ७०, रुसमा २ लाख ९ हजार ६ सय ८८, फ्रान्समा १ लाख ७७ हजार ९४, जर्मनीमा १ लाख ७१ हजार ८ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक छ ।
त्यहाँ ८० हजार ७ सय ८७ जनाको मृत्यु भइसकेको छ । बेलायतमा ३१ हजार ९ सय ३०, इटालीमा ३० हजार ५ सय ६०, स्पेनमा २६ हजार ६ सय २१, फ्रान्समा २६ हजार ३ सय ८३, ब्राजिलमा ११ हजार १ सय २३, बेल्जियममा ८ हजार ६ सय ५६ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर १४ लाख ६ हजार ३ सय ४५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ । त्यहाँ २ लाख १६ हजार १ सय ६९ संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, १ लाख ४४ हजार ४ सय, स्पेनमा १ लाख ३६ हजार १ सय ६६, इटालीमा १ लाख ५ हजार १ सय ८६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा पनि १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३३ जना संक्रमणमुक्त भइसकेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ७ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको