१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बंगलादेशमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले सुरु गरे ‘डिजिटल रिले अनशन’



काठमाडौ । बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले यथाशिघ्र स्वदेश फर्काउन माग गर्दै ‘डिजिटल रिले अनशन’ सुरु गरेका छन् ।

डेढ महिनादेखि आफूहरुको अवस्था खतरा तर्फ धकेलिएको भन्दै उनीहरुले नेपाल सरकारलाई उद्दार गर्न माग गर्दै आएका छन्। आफैले खर्च व्यहोर्ने , सरकारले तोकेको ठाउमा क्वारानटाइन मा बस्न मन्जुर भएको बताएका छन् ।

उनिहरुले विश्वनै यस्तो बिपत परेको अवस्थामा आफुहरु अधिकांश चिकित्सा शास्त्रका बिधार्थी भएकाले आफ्नो सिप र ज्ञानले आफ्नै देश र जनताको सेवामा होमिन तयार रहेको भन्दै आएपनि पनि सरकारले उनीहरुलाई स्वदेश ल्याउन सकेको छैन । बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुको हकहति र अधिकारका बारेमा निरन्तर आवाज उठाउँदै आएका बिधार्थी एवं युवा अभियन्ता नविन यादवका अनुसार गत शुक्रबारदेखि २४ सैं घण्टा सरकारलाई दबाब दिने उद्देश्यअनुरुप डिजिटल रिले अनशन जारी राखिएको छ ।

बंगलादेशमा रहेर चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले सरकारलाई तत्काल उद्दार गर्न र आफूहरुको रिले अनसनलाई गम्भीरतापूर्वक लिन अनुरोध गरेका छन् । बंगलादेशमा दिनादिनु कोरोनाको संक्रमण तिब्र गतिमा बढ्दै गए पनि लक् डाउन खुल्दै गएपछि, मानिसहरुको जमघट बढ्दै बढ्न थालेको छ, बजार, पसल आदि खुल्न थालेको छ, यसले बंगलादेश चाडै नै हाइ अलर्ट मा परिवर्तन हुने विद्यार्थीहरु बताउछन् ।

मे को अन्तिम सम्म बंगलादेशमा ५० हजार देखि १ लाख सम्म कोरोन सक्रमित संख्या पुग्न सक्ने अनुमान गरिएको छ । यस्तो बेलामा त्यहाँ रहेका करिब ८०० जना नेपाली बिधार्थिहरु त्रशित एवं अन्यौलमा परेको विद्यार्थी नविन यादव बताउछन् । त्यहाँ रहेका नेपाली राजदुतावासबाट पनि झुठा आश्वाशन बाहेक केहि पहल नभएको भन्दै बिधार्थिहरु आक्रोशित बनेको समेत यादवले गुनासो ब्यक्त गरे ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : २८ बजे

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित