१० चैत्र २०८२, मंगलबार | March 24, 2026

भारतीय अतिक्रमणले हद नाघ्यो, अब सीमामा काँडेतार लगाउनुपर्छ : नेता नेपाल



काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रनुभएका सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय अतिक्रमणले हद नाघेको बताउँदै नेपाल भारत सीमामा काँडेतार लगाउनुपर्ने बताउनुभएको छ ।

सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता नेपालले भारतले नेपालमाथि अतिक्रमण गरिरहेको जिकिर गर्दै भारतसँग सधैंभर विवाद गर्नुभन्दा काँडेतार लगाउनु उपयुक्त हुने बताउनुभएको हो । नेता नेपालले भन्नुभयो, ‘भारतसँग सधैंभरी विवाद गर्नुभन्दा अब सिमानामा काँडेतार लगाउनेबारे पनि अघि बढौं । पार्टीको विदेश विभागले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ । उच्च तहमा यसबारे छलफल गर्नुपर्यो । आफ्नो सम्पूर्ण भूमि समेटेर नक्सा प्रकाशन गर्न ढिला गर्नु भएन । सिमानामा नियमित अनुगमन गर्नुपर्यो । सुरक्षाकर्मीलाई के के सामग्री चाहिन्छ त्यो पनि ब्यवस्था गर्नुपर्यो’।

भारतले पिलर सार्ने, सीमा मिच्ने, सुरक्षाकर्मीको क्याम्प राख्ने जस्ता काम गरेकोले अब काडेतार लगाउनेबारे अघि बढ्नुपर्ने धारणा राख्दै उहाँले सानो छिमेकी देशप्रति भारतको दृष्टिकोण नै ठीक नभएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘भारतले गरेको सीमा अतिक्रमणले नेपाल भारत बीच भएको सम्झौता उल्लंघन भएको छ ।’

सत्तारुढ नेकपाको विदेश विभाग प्रमुख समेत रहुनभएका नेपालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले २ सय वर्षदेखि नेपालको नक्सामा लिम्पियाधुरा छैन भनेर अनावश्यक अभिव्यक्ति दिएको भन्दै माफी माग्न समेत सुझाव दिनुभएको छ । नेता नेपालले भन्नुभयो, ‘सरकारलाई विवादित बनाउने काम नगर्नुस्, तत्काल माफी मागिहाल्नुस् । शिक्षा मन्त्रालयले पनि आफ्ना सम्पूर्ण पाठ्यक्रममा नेपालको सम्पूर्ण भूभाग भएको नक्सा प्रकाशन गर्नु पर्यो ।’

नेता नेपालले नेपालको सीमा अतिक्रमणबारे उच्च मनोबलका साथ भारत र चीन दुबै देशका सरकारसँग कुरा गर्नुपर्नेमा जोड दिँदै कोरोनाका त्रासका बीच भएको सीमा अतिक्रमणले नेपालीको मनमा थप चोट पुगेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘भारतले नेपाली भूमिमा सडक बनाउने कामले नेपाली स्वाधिनतामाथि प्रहार भएको छ । तथ्यको आधारमा विवादबारे बसेर छलफल गर्न सकिन्छ । विवादित ठाउँमा भारतले किन विवादित काम गर्नुपर्यो । नेपालको पश्चिम सिमाना लिम्पियाधुरासम्म पर्दछ । त्यसलाई पुष्टि गर्ने थुप्रै आधारहरु छन् । हामीसँग थुप्रै नक्सा र दस्तावेजहरु छन् । यस्ता तथ्य प्रमाणले नेपालको सिमाना कालीनदी र त्यसको उद्गम लिम्पियाधुरा हो । नेपालले त्यो भूमिमा दावा छोडेको छैन । भारतको कदमले मित्रराष्ट्र बीच अविश्वास बढाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ११ : ४४ बजे

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित