४ पुस २०८२, शुक्रबार | December 20, 2025

सीमासम्बन्धी वार्ता गर्न भारत ढिलाई गर्दैछ, हामी तत्काल वार्ता चाहन्छौं : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं । सरकारले भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा खटाउने भएको छ ।

सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सीमामा खटाउने निर्णय भएको जानकारी दिनुभयो ।

सीमामा सुरक्षा संयन्त्र बढाउने योजनाअन्तर्गत नयाँ निर्णय गरिएको ज्ञवालीले जानकारी गराउनुभयो । उहाँले नेपाल अब कोरोना महामारीको बहानामा भारतसँग कुरा गर्न ढिलाई गर्ने पक्षमा नभएको स्पष्ट पार्नुभभयो । लिपुलेक क्षेत्रमा नेपालको भूमि मिचेर भारतले सडक बनाएका विषयमा सरकाले तत्काल भारतसँग कुरा गर्न चाहेको मन्त्री ज्ञवालीले बताउनुभयो ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय विदेश मन्त्रालयका प्रवक्ताले यस विषयमा कोरोना महामारीको अन्त्यपछि मात्रै वार्ता गर्न आग्रह गरेको जानकारी गराउँदै परराष्ट्र मन्त्री ज्ञवालीले आफूहरू त्यसरी पर्खन नसक्ने प्रष्ट पार्नुभएको हो ।

‘अहिले हामीसँग दुई देशबीच वार्ताका लागि सचिवस्तरको संयन्त्र छ, यसैबाट समस्या समाधा भयो भने ठीकै छ,’ बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘यदि यसबाट पनि भएन भने परराष्ट्रमन्त्रीस्तरको गरौं, त्योबाट भएन भने उच्च राजनीतिक तहको वार्ता गर्न पनि हामी तयार छौं।’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ११ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको