४ पुस २०८२, शुक्रबार | December 19, 2025

निम्न वर्गिय परिवारलाई राहत उपलब्ध गराउ : हाटबजार व्यवसायी संघ



बुटवल । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै मुलुक यतिबेला लकडाउनमा छ । गत चैत १० गतेदेखि जारी लकडाउन बढ्दै जाँदा दैनिक मजदुरी गर्ने निम्न वर्गका मजदुरहरु समस्यामा परेका छन् ।

हाटबजार व्यवसायी संघका अध्यक्ष भीमलाल ज्ञवालीले सोमबार एक विज्ञप्ति जारी गर्दै निम्न बर्गिय परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभएको छ । उहाले तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

लकडाउन थपिदै जाँदा हाटबजारमा व्यवसाय गर्दै आइरहेका व्यवसायीहरुलाई दैनिक जीवनयापनमा समस्या परेको उल्लेख गर्दै ज्ञवालीले विशेष राहत प्याकेज ल्याउन सरकार आग्रह गर्नुभएको हो ।

सरकारले विपन्न परिवारका लागि केही राहत सामग्री उपलब्ध गराएपनि त्यसले बिहान-साँझको छाक टार्नसमेत असहज भएको भन्दै सरकारलाइ गम्भीर भएर निम्न वर्गीय व्यवसायी र तिनका परिवारहरुको उद्धार गर्न अनुरोध गर्नुभएको छ ।

दैनिक रुपमा हाटबजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरु चैतको पहिलो साताबाटै आप्mनो व्यवसाय बन्द गरी बसिरहेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको