१० चैत्र २०८२, मंगलबार | March 24, 2026

ज्यानमार्ने धम्की आएपछि स्वास्थ्यकर्मीले गुहारे प्रहरी



खजुरा ।  कोरोना भाइरसको संक्रमणको बिरुद्ध जुधिरहेका बांकेको एक स्वास्थ्य चौकीका कर्मचारीहरुलाई ज्यान मार्ने धम्की आएपछि स्वास्थ्य चौकीमा त्रास फैलिएको छ । बांकेको खजुरा गांउ पालिका अन्तर्गतको स्वास्थ्य चौकीका कर्मचारीहरुलाई स्थानीय केहि ब्यक्तिहरुले ज्यान मार्ने धम्की दिएपछि कर्मचारीहरुले सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएकाछन् ।

गाउं पालिकाको सोनपुर स्वास्थ्य चौकीका स्वास्थ्य कर्मचारीहरुलाई स्थानीय रफि भाट सहितको समुहले कार्यालमा आएर ज्यान मार्ने धम्की दिएको भन्दै कर्मचारीहरुले प्रहरीसंग सुरक्षा मागेका हुन् । कर्मचारीहरुलाई कार्यालय बाहिर भेटे हात खुट्टा भांच्ने सम्मको गालीगलौज गरेको र भाट सहित वारिस खान र अस्लम भाट समेत कार्यालयमा आई कर्मचारीहरुमाथि अभद्र ब्यवहार गरेको स्वास्थ्य चौकी ईन्चार्ज सुदिप पौडेलले बताए ।

कार्यालय परिषरमै आएर ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वाताबरण नभएकाले सुरक्षाको प्रत्याभुति दिलाउन धम्कीदिनेहरुमाथि कानुनी कारवाहि गर्न उनीहरुले प्रशासनलाई आग्रह गरेकाछन् । ज्यानको सुरक्षा र काम गर्ने वाताबरणको माग गर्दै कर्मचारीहरुले स्थानीय इलाका प्रहरी कार्यालय धनौलीमा निबेदन दर्ता गराएकाछन्

स्वास्थ्य चौकीमा नजन्मेको बच्चालाई स्वास्थ्य चौकी मै जन्मेको प्रमाणीकरण गरिदिन भनेकोमा आफुले अस्विकार गर्दा धम्की दिएको स्वास्थ्य चौकी ईन्चार्ज पौडेलले बताए ।

बैशाख २६ गते प्रसुति गराउन आएकी रफि भाटकी श्रीमतीलाई स्वास्थ्य चौकीकी महिला कर्मचारीले सुत्केरी ब्यथा नलागेको भन्दै घर फर्काईदिएका थिए । कोरोना भाइरसको संक्रमणको आशंकामा स्वास्थ्यकर्मीहरुले धमाधम स्वाव संकलन गरिरहेका बेला धम्की आएपछि स्वास्थ्य चौकीको सेवा प्रभावित भएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १० : ३४ बजे

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित