४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपाली भुमी अतिक्रमण बिरुद्ध नेबिसंघले बुझायो ज्ञापनपत्र



बुटवल । नेपाली भुमी अतिक्रमण बिरुद्ध नेपाल विद्यार्थी संघले सोमबार बुटवलमा विरोध रयाली सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

पुष्पलाल पार्कबाट निस्किएको रयाली ईलाका प्रशासन कार्यालयमा पुगेर समापन भएको थियो । इलाका प्रशासनमार्फत प्रधानमन्त्रीलाई पाच बुदे ज्ञापनपत्र बुझाएको हो ।

रयालीमा सहभागी विद्यार्थीहरुले अतिक्रमण भुमि फिर्ता गर, राष्ट्रिय एकता जिन्दाबाद, भारतिय बिस्तारबाद मुर्दाबाद, नालयक सरकार मुर्दाबाद, नेबिसंघ जिन्दाबाद लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेविसंघका केन्द्रिय उपाध्यक्ष मुक्तिराज पौडेलले ईलाका प्रशासन कार्यालय बुटवलका कार्यालय प्रमुख प्रकाशचन्द्र अधिकारीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।

निर्वाचनको बेला राष्ट्रियताका ठुला र खोक्रा नारा लगाउने सरकार अहिले सत्ता जोगाउन भारत सामु लम्पछार पर्ने प्रवृत्तिको घोर भत्सर्ना, लिपुलेक हाम्रो हो, भारत तुरुन्त त्यहाबाट फिर्ता हुनुपर्ने उहाले बताउनुभयो ।

ज्ञापनपत्रमा सरकारले उच्च स्तरीय कुटनीतिक पहल गर्ने तथा सबै खाले दबाब सृजना गरि तुरुन्त भारतलाई गल्ती सच्याउन बाध्य बनाउनुपर्छ, नेपाली भुमि हडप्ने गरी सन २०१५ मा बेजिङमा भारत र चीनले गरेको सहमति घोर आपत्तिजनक छ सो सहमति खारेज गर, लिपुलेक, लिपियाधुरा लगायत नेपाली भुमिमाथि भारतिय सरकारबाट भएको अतिक्रमणको बेला नेपाल सरकारबाट पहल हुनुपर्ने माग राखिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  २ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको